शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

पाँचखालका २६ परिवारले ३५ वर्षपछि पाए जग्गाधनी पुर्जा

बुधबार, वैशाख ३१ २०८२
पाँचखालका २६ परिवारले ३५ वर्षपछि पाए जग्गाधनी पुर्जा

जग्गा नापीका बेला अर्काका नाममा दर्ता भएपछि वास्तविक जग्गाधनीले पुर्जा पाएका थिएनन्।

काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन्।  

साविक देवभूमि बालुवा गाविसको करिब ६५ रोपनी जग्गा चन्द्रध्वज खाँडका नाममा भूलवश नापी भएकाले स्थानीय जग्गावालाले जग्गाधनी पुर्जा बनाउन सकेका थिएनन्। जग्गा नापीका बेला अर्काका नाममा दर्ता भएपछि वास्तविक जग्गाधनीले पुर्जा पाएका थिएनन्।

'आफ्नो नाममा जग्गा ल्याउन ३५ वर्षसम्म कुर्नपर्‍यो', स्थानीय रामबहादुर दनुवारले भने। उनले नगरप्रमुख महेश खरेलबाट १४ आना दुई पैसा क्षेत्रफल जग्गाको पुर्जा लिएका हुन्।

लालपुर्जाविहीनका लागि स्थानीय अगुवाले वर्षौँदेखि पुर्जा दिलाउन प्रयास गरेका थिए। २६ परिवारलाई नगरप्रमुख खरेलले पुर्जा वितरण गरेका हुन्। खाँडका नाममा दर्ता उक्त जग्गामध्ये हाल करिब २७ रोपनी जग्गाको पुर्जा बनाइ वितरण गरिएको उनले बताए।

'पहिलो चरणमा बनेको पुर्जा २६ जना जग्गाधनीलाई वितरण गरियो, अब पुर्जा बन्न बाँकी जग्गाको जिल्ला मालपोत कार्यालयमा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ', उनले भने। रासस


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२१०:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend