काठमाडौं- वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। तर, अधिकांश बैंकहरूले ब्याजदरमा परिवर्तन नगरेका छन्। बैंकहरूले निक्षेप तथा कर्जाको ब्याजदर अहिलेकै न्युनविन्दुमा कायम रहेकाले नयाँ महिनामा पनि ब्याजदर यथावत राखेका हुन्।
बैंक तथा वित्तीय संस्थाहरुसँग कर्जा निक्षेप अनुपातका आधारमा पर्याप्त तरलता भएपनि पुँजीकोषमाथिको दबाबले कर्जा प्रवाह गर्न नसक्ने अवस्था भएकाले बैंकहरुले ब्याजदर नबढाएका हुन। यस्तै अर्थतन्त्रमा रहेको शिथिल अझै नहटेकाले कर्जा दिनसक्ने क्षमता भएका बैंकहरुमा समेत कर्जाको माग बढ्न सकेको छैन।
जेठ महिनाका लागि नेपाल बैंक लिमिटेडले व्यक्तिगततर्फ दुई वर्षसम्मको साधारण मुद्दती निक्षेपमा ४ प्रतिशत, पाँच वर्षसम्मको मुद्दती निक्षेपमा ४.५० प्रतिशत र पाँच वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ५.४५ प्रतिशत ब्याज दिने भएको छ।
लक्ष्मी सनराइज बैंकले छ महिनासम्मको मुद्दती निक्षेपमा ४ प्रतिशत, एक वर्ष अवधिसम्मको साधारण मुद्दती निक्षेपमा ४.५० प्रतिशत र पाँच वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ।
सिद्धार्थ बैंकले तीन महिनासम्मको मुद्दती निक्षेपमा ४.४० प्रतिशत, एक वर्षदेखि दुई वर्षसम्ममा ५.२५ प्रतिशत र दुई वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ५.७५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ।
सिटिजन्स बैंकले छ महिनासम्मको मुद्दती निक्षेपमा ४.५० प्रतिशत, एक वर्षसम्ममा ४.७५ प्रतिशत र दुई वर्षभन्दा बढी अवधिको निक्षेपमा ५.६५ प्रतिशत ब्याजदर लागू गर्ने भएको छ।
स्टान्डर्ड चार्टर्ड बैंकले साधारण बचत तथा तीन महिनासम्मको मुद्दती निक्षेपमा समान ३.१५ प्रतिशत ब्याजदर तोकेको छ। यस बैंकले एक वर्षदेखि पाँच वर्ष अवधिसम्मको मुद्दती निक्षेपमा ४.१५ प्रतिशत र पाँच वर्षभन्दा बढी अवधिमा ६.२५ प्रतिशत ब्याज दिने भएको छ।
एभरेष्ट बैंकले तीन महिना देखि एक वर्ष अवधिसम्मको मुद्दती निक्षेपमा ४ प्रतिशत र पाँच वर्षभन्दा बढी अवधिको दीर्घकालीन मुद्दती निक्षेपमा ६.६४ प्रतिशत ब्याज दिने जनाएको छ।
माछापुच्छ्रे बैंकले छ महिनासम्मको मुद्दती निक्षेपमा ३.५० प्रतिशत, एक वर्षसम्मको निक्षेपमा ३.७५ प्रतिशत र तीन वर्षभन्दा बढी अवधिको निक्षेपमा ६ प्रतिशत ब्याजदर तोकेको छ।
कृषि विकास बैंकले तीन महिनासम्मको मुद्दती निक्षेपमा ३.२५ प्रतिशत, एक वर्षसम्ममा ४ प्रतिशत, दुई वर्षसम्ममा ४.२४ प्रतिशत र तीन वर्षभन्दा बढी अवधिको निक्षेपमा ५.५१ प्रतिशत ब्याज दिनेछ।
ग्लोबल आइएमई बैंकले तीन महिनासम्मको मुद्दती निक्षेपमा ४ प्रतिशत, छ महिनासम्ममा ४.५० प्रतिशत र तीन वर्षभन्दा बढी अवधिको निक्षेपमा ६ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ।
कुमारी बैंकले तीन महिनासम्मको मुद्दती निक्षेपमा ४.११ प्रतिशत, छ महिनासम्ममा ४.३१ प्रतिशत, एक वर्षदेखि दुई वर्षसम्ममा ४.८१ प्रतिशत र दुई वर्षभन्दा बढी अवधिको निक्षेपमा ५.७१ प्रतिशत ब्याजदर दिने भएको छ।
प्रभु बैंकले छ महिना देखि दुई वर्षसम्मको निक्षेपमा ५.१० प्रतिशत, दुई वर्षदेखि पाँच वर्षसम्ममा ५.६० प्रतिशत र पाँच वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ६.१० प्रतिशत ब्याज दिने भएको छ।
नबिल बैंकले एक वर्षसम्मको मुद्दती निक्षेपमा ५ प्रतिशत, एक देखि दुई वर्षसम्ममा ५.२५ प्रतिशत, दुई देखि पाँच वर्षसम्ममा ५.५० प्रतिशत र पाँच वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ।