शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

१ करोड ७७ लाख २७ हजार रुपैयाँको कन्डम किन्दै सरकार, तर परिमाण खुलाइएन

बुधबार, वैशाख ३१ २०८२
१ करोड ७७ लाख २७ हजार रुपैयाँको कन्डम किन्दै सरकार, तर परिमाण खुलाइएन

कन्डम खरिदको रकम सार्वजनिक गरेको विभागले कति परिमाणमा खरिद गर्न लागेको भन्ने खुलाएको छैन।

काठमाडौं- सरकारले पौने २ करोड रुपैयाँको कन्डम खरिद गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले कन्डम खरिद गर्न लागेको छ।

विभागले १ करोड ७७ लाख २७ हजार रुपैयाँबराबरको कन्डम खरिदका लागि कम्पनी छनोट गरेको छ।

पछिल्लो उत्पादन ब्याज भएको पुरुष कन्डम खरिदका लागि विभागले एमएस मेडीगोल्ड इन्टरनेशनल प्रालि छनोट गरेको छ। कन्डम खरिदको रकम सार्वजनिक गरेको विभागले कति परिमाणमा खरिद गर्न लागेको भन्ने खुलाएको छैन। 


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend