शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

६४ लाख विद्युतीय राहदानी छपाइमा आवेदन दिएका सबै कम्पनी प्राविधिक रूपमा सफल

दुई सातापछि आर्थिक प्रस्ताव खोलिने

बुधबार, वैशाख ३१ २०८२
६४ लाख विद्युतीय राहदानी छपाइमा आवेदन दिएका सबै कम्पनी प्राविधिक रूपमा सफल

विभागले आह्वान गरेको दुई प्याकेजमध्ये ‘प्याकेज १’ मा ३ र ‘प्याकेज २’ मा ४ कम्पनीले आवेदन दिएका थिए। ‘प्याकेज १’ मा सूचना प्रविधि इनरोलमेन्टसम्बन्धी काम समावेश गरिएको छ भने ‘प्याकेज २’ मा राहदानी बुकलेट निर्माण, पर्सनलाइजेसन र प्याकेजिङसम्बन्धी कार्यहरू राखिएका छन्।

काठमाडौं- ६४ लाख विद्युतीय राहदानी छपाइका लागि गरिएको टेन्डर प्रक्रियामा आवेदन दिएका सबै कम्पनी प्राविधिक रूपमा सफल ठहरिएका छन्। तर राहदानी विभागले प्राविधिक मूल्यांकनमा ८० दिनभन्दा बढी समय लिँदा टेन्डर प्रक्रिया ढिलो भएको छ।

राहदानी विभागले २०८० मंसिर १३ गते दुईवटा प्याकेजमा टेन्डर आह्वान गरेको थियो। ‘प्याकेज १’ अन्तर्गत स्टिम इन्कुलिडिङ प्रि-इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरी राखिएको छ भने ‘प्याकेज २’ मा बुकलेट, पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङ समावेश गरिएको थियो। 

विभागले गरेको २ वटा प्याकेजमध्ये प्याकेज १ मा ३ वटा कम्पनी र प्याकेज २ मा ४ वटा कम्पनीको आवेदन परेको थियो। 'प्याकेज १' अन्तर्गत आईटी इनरोलमेन्ट र 'प्याकेज २' अन्तर्गत बुकलेट रहेको थियो।

टेन्डरको 'प्याकेज १' मा अहिले पनि राहदानी छपाइकै काम गरिरहेको फ्रान्सेली कम्पनी 'आईडीईएमआईए', जर्मन कम्पनी मुलबाउर र अमेरिकन कम्पनी आइरिस सफ्टवेयरको आवेदन परेको थियो।

यसैगरी प्याकेज २' अन्तर्गतको काममा लागि चारवटा कम्पनीले आवेदन दिएका छन्। जसमा राहदानी छपाइकै काम गरिरहेको फ्रान्सेली कम्पनी आईडीईएमआईए, जर्मन कम्पनी भेरिडस, जर्मन कम्पनी मुलबाउर र पोल्याण्डको पीडब्लू पीडब्लूले  आवेदन दिएका थिए।

यसरी २ वटै प्याकेजमा आवेदन दिएका सबै कम्पनीलाई प्राविधिक रुपमा सफल भएको भन्दै विभागले पत्र पठाउँदै २०२५ मे २८ मा आर्थिक प्रस्ताव खोलिने जानकारी गराएको छ।

विभागले प्राविधक रुपमा  कम्पनी छनो गर्न ८० दिन भन्दा बढी लगाएको हो। विभागले २०२५ को फेब्रुअरी २१ मा टेन्डर प्रस्ताव खोलेको थियो। प्राविधिक मूल्यांकन चैत भित्रै सक्ने विभागले बताउँदै आएको थियो। तर एक महिना ढिला गरी प्राविधिक रुपमा कम्पनी छनोटको काम सम्पन्न गरेको हो।


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२०७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend