शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

देशभर बदली र वर्षाको सम्भावना, उच्च भूभागमा हिमपातको पनि पूर्वानुमान

बुधबार, वैशाख ३१ २०८२
देशभर बदली र वर्षाको सम्भावना, उच्च भूभागमा हिमपातको पनि पूर्वानुमान

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

पछिल्लो २४ घन्टामा अधिकांश स्थानमा वर्षा भएको छ। मकवानपुरको भोर्लेनीमा सबैभन्दा बढी ५६.२ मिलिमिटर वर्षा मापन गरिएको छ। यसैगरी, इलामको सोक्तिम चिया बगानमा ४५.२, ताप्लेजुङको दोभानमा ३८, सुनसरीको चतरामा ३६, मोरङको हरैचामा २४.८, स्याङ्जाको स्याङ्जामा ४४.६, आँधिखोलामा २२.६, पञ्चमूलमा २५.२ तथा पर्वतको कार्किनेटामा पनि २५.२ मिलिमिटर वर्षा भएको छ।

बुधबार दिउँसो कोशी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली हुने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा अन्य पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ।

बुधबार राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि ती क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा उच्च-पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२०६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend