शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदको आग्रह

मंगलबार, वैशाख ३० २०८२
बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदको आग्रह

सांसद रामकृष्ण यादवले कृषि क्षेत्रको प्रवर्द्धनका लागि देशभित्रै रासायनिक मल कारखाना स्थापना गर्न, गुणस्तरीय मल बीउको प्रबन्ध गर्न सरकारसँग आग्रह गरे।

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसद सञ्जयकुमार गौतमले समृद्धिको आधारका रुपमा रहेको कृषि क्षेत्र र किसानलाई बिर्सेको टिप्पणी गर्दै मल, बीउको उचित प्रबन्धसहित खाद्यउपजमा आत्मनिर्भर बन्ने सोचका साथ आगामी आवको बजेट प्रस्तुत गर्न अनुरोध गरेका छन्।

उनले व्यापार घाटा कम गर्ने विषयलाई केन्द्रित गर्दै स्वदेशमै उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्नेगरी आगामी आवको बजेट ल्याउन अनुरोध गरे।

सांसद भगवती चौधरीले विनियोजन विधेयकले ऊर्जा, पूर्वाधार क्षेत्रको विकासमा जोड दिँदै बजेटलाई थप यर्थाथवादी बनाउन सुझाव दिइन्। सूचना प्रविधि, कृषि, पर्यटलाई विशेष प्राथमिकतामा राख्न पनि उनले आग्रह गरिन्।

सांसद सूर्यमान दोङले कृषि, पर्यटन, जलविहारमा समेत सहयोग गर्ने सुनकोशी तेस्रो जलविद्युत् आयोजनाका लागि आवश्यक बजेटसहित अघि बढाउन अनुरोध गरे।

सांसद शिशिर खनालले बजेट विनियोजन, कार्यान्वयन र प्रगतिका विषयमा मूल्यांकन हुनुपर्नेमा जोड दिँदै सूचना प्रविधि क्षेत्रलाई विस्तार र सहजीकरण गर्नुपर्नेमा थप कर लगाइएको, प्रक्रियागत झन्झटका कारण लगानीमैत्री वातावरण निर्माण हुन नसकेको र सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली व्यवस्थित र पारदर्शी नभएकाले त्यसतर्फ ध्यानाकर्षण गराए।

सांसद रामकृष्ण यादवले मुलुकको भौगोलिक विविधतालाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न सुझाव दिए। उनले नीति तथा कार्यक्रममा ठूला, पूर्वतयारी भएका र लगानी ढाँचा तय भएका आयोजनालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिनु सकारात्मक पक्ष भएको धारणा व्यक्त गरे।

उनले कृषि क्षेत्रको प्रवर्द्धनका लागि देशभित्रै रासायनिक मल कारखाना स्थापना गर्न, गुणस्तरीय मल बीउको प्रबन्ध गर्न सरकारसँग आग्रह गरे। रासस


प्रकाशित : मंगलबार, वैशाख ३० २०८२१७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend