शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

अवरुद्ध बीपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

मंगलबार, वैशाख ३० २०८२
अवरुद्ध बीपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल- अवरुद्ध बीपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको छ। सोमबार रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१२ माम्तीमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध भएको थियो।

सडक खुलेसँगै आज दिउँसोदेखि यातायातका सम्पूर्ण साधन दुईतर्फी चल्न थालेका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए। रोशी खोलामा बाढी आएपछि सोमबार रातीदेखि सडक अवरुद्ध भएको हो।

सडक डिभिजन कार्यालय भक्तपुरको पहलमा प्रहरी र स्थानीयको सहयोगमा अवरुद्ध सडक खुलाइएको सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारी चन्द्रबहादुर लामाले बताए।

यसअघि गत वर्ष असोज १० देखि १२ गतेसम्म रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको विभिन्न ठाउँमा क्षति पुगेको थियो। त्यसपछि सडक डिभिजन कार्यालयले खोलाको किनारै किनार भएर अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरेको थियो। रासस


प्रकाशित : मंगलबार, वैशाख ३० २०८२१५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend