सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

जलविद्युतमार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी भएको बंगलादेशको भनाइ

images
सोमबार, वैशाख २९ २०८२
images
जलविद्युतमार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी भएको बंगलादेशको भनाइ

गत अक्टोबरमा बंगलादेश-नेपाल-भारत बीच नेपालबाट बंगलादेशमा भारतीय ग्रीडमार्फत ४० मेगावाट विद्युत् ल्याउनका लागि त्रिपक्षीय सहमति भएको थियो।

images
images

बंगलादेश- बंगलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युतका क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन्। बंगलादेशमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग सोमबार ढाकामा भएको भेटमा प्रमुख सल्लाककारले त्यस्तो बताएका हुन्।

images
images
images

बंगलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका ७ राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक भएको उनको भनाइ छ। ‘बंगलादेश, नेपाल, भूटान र भारतको उत्तरपूर्वीमा रहेका ७ वटा राज्यबीचको एकीकृत आर्थिक योजना आवश्यक छ, यसबाट हामीले छुट्टाछुट्टैभन्दा सँगै भएर धेरै फाइदा लिन सक्छौँँ प्राध्यापक युनुसले भने।

images
images

उनले नेपाल र बंगलादेशबीच जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सकिने उल्लेख गरे। गत अक्टोबरमा बंगलादेश-नेपाल-भारत बीच नेपालबाट बंगलादेशमा भारतीय ग्रीडमार्फत ४० मेगावाट विद्युत् ल्याउनका लागि त्रिपक्षीय सहमति भएको थियो। उनले बंगलादेशले यस क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा प्रतिबद्धताका साथ काम गरिरहेको पनि बताएका छन्।

images
images

‘हामीले रंगपुरमा सुरु गर्न लागेको एक हजार शय्याको अस्पतालको सेवा नेपाल र भुटानबाट आउने बिरामीका लागि पनि लक्षित छ’ प्राध्यापक युनुस भन्छन्, ‘क्षेत्रीय सहकार्यबाट स्वास्थ्य क्षेत्रमा समृद्धि हासिल गर्न सकिन्छ।’ त्यस अवसरमा उपसभामुख इन्दिरा रानाले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यका लागि नेपालको इच्छुक रहेको बताएकी छन्।

‘नेपालका सबै सांसदहरुले बंगलादेशसँग नजिक रहेर काम गर्न चाहना राख्नुभएको छ’ उृपसभामुख रानाले भनिन्, ‘हामी दुई देशबीचमा आर्थिक सहकार्य र नागरिकस्थरमा सम्बन्ध विस्तारमा गम्भीर छौँ।’ उनले हाल बंगालादेशका मेडिकल कलेजमा २ हजार ७ सयभन्दा बढी नेपाली विद्यार्थी रहेको उल्लेख गर्दै यहाँको गुणस्तरीय शिक्षाको प्रशंसा गरिन्।

साथै यसमार्फत दुई देशबीचमा शैक्षिक सहकार्य पनि गर्न सकिने सम्भावना उपसभामुखले औँल्याएकी छन्। त्यस अवसरमा दुवै पक्षबाट भौतिक अन्तरआबद्धताका विषयमा छलफल भएको उपसभामुख रानाको सचिवालयले जनाएको छ। प्रमुख सल्लाहकार युनुसले दुई देशबीच सडक सञ्जाल विस्तारबाट नेपालले उल्लेख्य मात्रामा व्यापारिक लाभ लिन सक्ने धारणा राखे।

बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारी, प्रमुख सल्लाहकार युनुसका दिगो विकास लक्ष्य कार्यक्रमका संयोजक लामिया मोरसेद र बंगलादेशको परराष्ट्र मन्त्रालयका महाप्रबन्धक इस्रात जहानलगायतको उपस्थिति थियो। रासस 


प्रकाशित : सोमबार, वैशाख २९ २०८२१७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend