सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

जुकरबर्ग गहन बनाउन खोज्दैछन् एआईसँगको मित्रता, मानव सम्बन्ध कमजोर हुने चिन्ता

images
बिहीबार , जेठ १ २०८२
images
images
जुकरबर्ग गहन बनाउन खोज्दैछन् एआईसँगको मित्रता, मानव सम्बन्ध कमजोर हुने चिन्ता

यो डिजिटल युगमा मार्क जुकरबर्ग चाहन्छन् एआई नै साथी होस्, थेरापिस्ट होस् र व्यापारिक एजेन्ट पनि एआई नै होस्। फेरिँदो डिजिटल युगमा एआईलाई लिएर मार्क जुकरबर्गको परिकल्पना वृहत छ।

images
images

काठमाडौं- यो डिजिटल युगमा मार्क जुकरबर्ग चाहन्छन् एआई नै साथी होस्, थेरापिस्ट होस् र व्यापारिक एजेन्ट पनि एआई नै होस्। फेरिँदो डिजिटल युगमा एआईलाई लिएर मार्क जुकरबर्गको परिकल्पना वृहत छ।

images
images
images

सामाजिक सञ्जालको संसारलाई रूपान्तरण गर्ने फेसबुकका सहसंस्थापक जुकरबर्ग अब मानव जीवनको केन्द्रमै एआई भित्र्याउने योजनाका साथ अघि बढेका छन्। पछिल्लो समय उनले सार्वजनिक कार्यक्रम, पोडकास्ट तथा अन्तर्वार्ताहरूमा व्यक्त गरेका भनाइले एआईमार्फत नयाँ सम्बन्धहरू कायम गर्ने उनको प्रयास देखिन्छ।

images
images

मेटाका सीईओ जुकरबर्गको भनाइअनुसार आजको समाजमा धेरै मानिसहरू एक्लो महसुस गरिरहेका छन्, साथीहरू सीमित भएका छन्। ‘अमेरिकामा औसत व्यक्तिसँग तीनभन्दा कम मित्र छन्, तर उनीहरूलाई चाहिएको संख्या करिब १५ हो’, उनले एक पोडकास्टमा भनेका छन्। यसैले पनि जुगरबर्ग चाहन्छन् मानिसको साथी एआई बनोस्। जसले तपाइँलाई बुझ्नेछन्, साथ दिनेछन्, समस्याको ‘डिजिटल समाधान’ दिनेछन्।

images
images
images

जो व्यक्तिसँग थेरापिस्ट छैनन् तिनीहरूका लागि एआई नै थेरापिस्टका रुपमा उपयोगी हुनसक्ने विश्वास जुकरबर्गको छ। मेटाले अहिले इन्स्टाग्राम, फेसबुक र रेबन मेटा ग्लासेसमा मेटा एआई नामक सेवा ल्याइसकेको छ। जसलाई मासिक रूपमा झन्डै एक अर्ब मानिसले प्रयोग गरिरहेका छन्। यी च्याटबोटहरू प्रयोगकर्तासँग गहिरो संवाद गर्न सक्ने बनाइएका छन्, जुन केवल जानकारीको आदानप्रदानमा मात्र सीमित नभइ साथीसरह व्यवहार गर्न सक्ने प्रयास गरिएको छ।

‘म सोच्दछु कि मानिसहरू यस्तो प्रणाली चाहन्छन् जसले उनीहरूलाई राम्रोसँग चिन्छ, ठीक त्यस्तै जसरी तिनीहरूको फिड एल्गोरिद्महरूले तिनीहरूलाई बुझ्दछन्’, जुकरबर्गले गएको साता स्ट्राइपको वार्षिक सम्मेलनमा स्ट्राइपका सह-संस्थापक तथा अध्यक्ष जोन कोलिसनसँगको संवादमा भनेका छन्।

एउटा पोडकास्टमा मिडिया विश्लेषक बेन थोम्पसनसँग कुरा गर्दै जुकरबर्गले भनेका छन्, ‘जसको कुनै थेरापिस्ट छैन, तिनीहरूका लागि एआई नै थेरापिस्ट हुनेछ।'

यसैगरी जुकरबर्गले भनेका छन्, ‘कसैले केही सामान किन्दा वा सेवाको आवश्यक पर्दा यदि व्यापारिक प्रतिनिधिसँग कुरा गर्नु पर्‍यो भने, त्यहाँ एआई एजेन्ट उपलब्ध हुनेछ।'

जुकरबर्गले भविष्यमा मानिसहरू कसरी एकअर्कासँग अन्तरक्रिया गर्छन् भन्ने भविष्यवाणीमा केही सफलता भने पाएका छन्। उनले सन् २००० को दशकमा फेसबुकमार्फत सफलता पाए र इन्स्टाग्राम, ह्वाट्सएपसमेत आफैमार्फत अघि बढाए। 

सन् २०२२ मा उनले भविष्यवाणी गरेका थिए कि धेरै मानिसहरूले भविष्यमा भर्चुअल संसार प्रयोग गर्नेछन्, जुन त्यहीरुपमा अघि बढिरहेको पनि देखिन्छ। अब जुकरबर्ग एआई च्याटबोटहरूमा लगानी गर्दैछन्। सामाजिक सञ्जाल एपहरूदेखि हार्डवेयर उपकरणहरूमा उनको ध्यान छ। 

‘व्यक्तिगत एआई केवल प्रयोगकर्ताबारे आधारभूत जानकारी जान्ने मात्र होइन, च्याटबोटहरूले असल साथीजस्तै व्यवहार गर्न सकुन् भन्ने हो’, जुकरबर्गले भनेका छन्, ‘त्यसका लागि उक्त व्यक्तिको जीवनमा के भइरहेको छ भन्ने कुराको गहिरो ज्ञान हुनु पर्छ।' 

जुकरबर्गको यो ‘नयाँ डिजिटल समाज’ को विचार धेरैलाई भने असहज लागिरहेको छ। सामाजिक सञ्जालकै कारण मानिसहरू सामाजिक रूपले अलग भएको भन्ने आलोचना गर्दै इन्स्टाग्रामका पूर्वकार्यकारी मेघना धरले भनेकी छिन्, ‘जुन प्रविधिले हामीलाई एक्लो बनायो, अब त्यसैले समाधान दिने भनिँदैछ, यो आफैँमा विरोधाभासी छ।'

क्यालिफोर्निया विश्वविद्यालय, इरविनका मनोवैज्ञानिक प्रोफेसर स्टेफन शुलरले भनेका छन्, ‘एआई च्याटबोटहरूले साथी वा थेरापिस्टको पूर्णरूपमा स्थान लिन सक्दैनन्, तर केही अवस्थामा तिनीहरू उपयोगी हुन सक्छन्।' 

दि वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार मेटाले आफ्ना एआई च्याटबोटहरूलाई विभिन्न ‘रोमान्टिक रोल प्ले’ गर्न सक्ने गरीसमेत डिजाइन गरिरहेको छ, जसले बालबालिकासँग पनि असंवेदनशील संवाद गर्न सक्ने खतरा देखिएको भन्दै आलोचना भइरहेको छ।

मेटा प्लाटफर्म्सले एउटा नयाँ स्वतन्त्र एआई एप सार्वजनिक गरिसकेको छ। नयाँ स्वतन्त्र एपमार्फत प्रयोगकर्ताहरू मेटाका अन्य उत्पादनहरू प्रयोग नगरीकन पनि मेटा एआई प्रयोग गर्न सक्नेछन्। ‘यो लामो यात्राको सुरुवात हो’, मेटा एआई सार्वजनिक गर्दै जुकरबर्गले फेसबुक पोस्टमार्फत भनेका थिए, ‘अहिले लगभग एक अर्ब मानिसले मेटाका प्लेटफर्महरूमा मेटा एआई प्रयोग गरिरहेका छन्।'

मेटाको उक्त एआई एपमा ‘डिस्कभर फिड’ भन्ने सुविधा छ, जसमा प्रयोगकर्ताहरूले एआई प्रयोग गर्ने तरिकाहरू सेयर गर्न र हेर्न सक्नेछन्। यसले प्रयोगकर्ताको जानकारी र अन्य मेटा प्लेटफर्महरूमा गरिएको कुराकानीका आधारमा व्यक्तिगत प्रतिक्रिया दिने काम गर्छ। यो एप मुख्यतः आवाजमा आधारित संवादका लागि बनाइएको भए पनि हालसम्म यसले वेब वा वास्तविक समयको जानकारीमा भने पहुँच लिन सक्दैन।

मेटाको स्वतन्त्र एइआई एप च्याटजीपीटीजस्ता अन्य एपसँगको प्रतिस्पर्धामा हुनेछ। विभिन्न क्षेत्रहरूमा एआईको प्रयोग बढ्दै जाँदा प्रविधि कम्पनीहरू आफ्नो एआई परियोजनाहरू तीव्र रूपमा अगाडि बढाउन बाध्य भइरहेका छन्। एलन मस्कको एक्सएआईले आफ्नो ग्रोक च्याटबोट सार्वजनिक गरेको छ भने गुगलले जेमिनी एप निकै अघि बढाइसकेको छ। 

अहिले थप परिष्कृत गर्दै जुकरबर्गको दृष्टिकोणले प्रविधिलाई मानव भावनासँग जोड्न खोजेको देखिन्छ, तर यसले सामाजिक संरचना, मानसिक स्वास्थ्य र नैतिकताको क्षेत्रमा गहिरो प्रश्नहरू पनि खडा गरेको छ। एआईसँगको मित्रताले एक्लोपन कम गर्ने कि मानव सम्बन्धलाई अझ कमजोर बनाउने? यसको उत्तर सहज छैन।


प्रकाशित : बिहीबार , जेठ १ २०८२०६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend