सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

हातमा सीप भएका ७३ वर्षीय विष्ट, ढुंगाको मूर्ति बिक्री गरेर पुर्याउँछन् परिवारको खर्च

images
आइतबार, वैशाख २८ २०८२
images
हातमा सीप भएका ७३ वर्षीय विष्ट, ढुंगाको मूर्ति बिक्री गरेर पुर्याउँछन् परिवारको खर्च

विष्टले ढुंगाबाट बाघ, भगवती, गाई, शिव, गणेश, शिवलिंग, नन्दीलगायतका मूर्ति बनाउँदै आएका छन्। एक दशकको अवधिमा १ सय ५० बढी मूर्ति निर्माण गरिसकेको उनले सुनाए। एक मूर्ति निर्माण गर्न १ देखि ३ महिनासम्म लाग्छ।

images
images

कञ्चनपुर- काम गर्न उमेरले छेक्दो रहेन छ। काम गर्ने दृढ इच्छाशक्ति भए जस्तोसुकै काम गर्न सकिँदो रहेछ भन्ने उदाहरण शुक्लाफाँटा नगरपालिका-८ नौखरीका ७३ वर्षीय रामसिंह विष्टले सिद्ध गरेका छन्। उनले चुरे क्षेत्रका खोलाबाट ढुंगा संकलन गरी मूर्ति निर्माण गर्दै आएका छन्।

images
images
images

ढुंगाबाट बनाइएका मूर्ति बिक्री गरेर उनको घरखर्च चल्छ। अन्य व्यक्तिले ढुंगाबाट बनाइएका मूर्ति हेर्दाहेर्दै आफूले पनि बनाउन सिकेको विष्टले बताए। विष्टले ढुंगाबाट बाघ, भगवती, गाई, शिव, गणेश, शिवलिंग, नन्दीलगायतका मूर्ति बनाउँदै आएका छन्। एक दशकको अवधिमा १ सय ५० बढी मूर्ति निर्माण गरिसकेको उनले सुनाए। एक मूर्ति निर्माण गर्न १ देखि ३ महिनासम्म लाग्छ।

images
images

उनले मूर्ति बनाएबापत प्रतिमूर्ति ३० देखि ५० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन्। ‘मूर्ति बनाउने माग आए आफैँ गोरुगाडा लगेर चुरे फेदीका खोलामा पुग्छु’ विष्ट भन्छन्, ‘मूर्ति बन्न सक्ने ढुंगा खोजेर घरमा ल्याउने गर्छु, त्यसपछि फलामको औजारले खोपेर मूर्ति तयार गर्छु।’ मूर्ति बनाएबापत आउने रकमले घरपरिवारको खर्चसँगै लुगाफाटो, अन्न खरिद गरिँदै आएको उाको भनाइ छ।

images
images

तन्नेरीहरूको जस्तै विष्ट बिहानीदेखि साँझसम्म मूर्ति बनाउनमा खटिएका हुन्छन्। २/३ महिनामा मूर्ति बनाउने माग आउने गरेकाले घर खर्चमै पारिश्रमिकबापत पाइने रकम सिद्धिने गरेको उनले बताए।  ‘तराईमा भन्दा पहाडी क्षेत्रका मन्दिरमा सजाउनका लागि मूर्तिको बढी माग आउँछ’ उनले भने, ‘काम नगरे भोकै बस्नुपर्छ, त्यहीँ भएर सीप सिक्दा जीविका चलाउन सहज भएको छ।’ रासस 


प्रकाशित : आइतबार, वैशाख २८ २०८२११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend