सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

बागलुङमा सडक स्तरोन्नति र कालोपत्र धमाधम

images
आइतबार, वैशाख २८ २०८२
images
बागलुङमा सडक स्तरोन्नति र कालोपत्र धमाधम

ठेक्का सम्झौता भएको १० महिनामा नै कालोपत्रको थालिएको इन्जिनियर मनोज शर्माले जानकारी दिए उनका अनुसार ३ सडकको एकमुष्ट भौतिक प्रगति १० महिनामा ७० प्रतिशत रहेको छ।

images
images

बागलुङ- बागलुङमा सम्झौताको १० महिनामा सडक कालोपत्र थालिएको छ। विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र स्तरोन्नति भइरहेका ३ सडकमध्ये पहिलो खण्डको कालोपत्र गर्न सुरु गरिएको हो। ठेक्का सम्झौताको १० महिनामा नै सडक स्तरोन्नति सकेर कालोपत्रको काम थालिएको छ।

images
images
images

नगरका ३ सडकमध्ये पहिलो सडक गणेशथान घुम्तीबाट निरयघाटसम्मको सडक कालोपत्र गर्न थालिएको छ। ठेक्का सम्झौता भएको १० महिनामा नै कालोपत्रको थालिएको इन्जिनियर मनोज शर्माले जानकारी दिए उनका अनुसार ३ सडकको एकमुष्ट भौतिक प्रगति १० महिनामा ७० प्रतिशत रहेको छ।

images
images

तेस्रो खण्डमा २ किमीमात्र सडक स्तरोन्नतिको काम बाँकी छ। पहिलो खण्डको सडक कालोपत्र थालिएको छ। विश्व बैंकको अनुदानमा उक्त सडकको २ खण्ड धमाधम स्तरोन्नतिको काम भइरहेको छ। एउटा खण्डमा कालोपत्र सुरु भएको छ। सडक १० महिनामै कालोपत्र हुनु सुखद रहेको बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बताउँछन्।

images
images

यस्तै बागलुङ नगरपालिका-७ मुलपानीबाट तितौरेसम्मको ८.६ किलोमिटर सडक तथा वडा नम्बर ४ ओडार चौरबाट ढोडेनीसम्म २.२ किलोमिटर सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ। बागलुङ-१ रामरेखास्थित गणेशथान घुम्तीबाट नीरयघाटको १.५ किमी सडक कालोपत्र सुरु भएको हो।

३ वटै सडक कालोपत्र भएपछि स्थानीयलाई आवतजावतमा सहज हुनेछ। उक्त सडकको गणेशथानबाट निरयघाटसम्मको सडक फुटपाथसहित बनाइएको छ। बागलुङ नगरपालिकाको उक्त सडक हालसम्मकै नमूना हुनेगरी स्तरोन्नतिसहित कालोपत्र गर्न विश्व बैंकले बागलुङ नपासहित देशभरका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको थियो।

स्तरोन्नतिसँगै कालोपत्रका लागि निर्माण व्यवसायी आशिष फेवासँग २०८१ जेठमा १ वर्षमा सम्पन्न गर्नेगरी  ४९ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो। २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदान सम्झौता भएपनि गत जेठमा मात्र ठेक्का सम्झौता भएको थियो। रासस


प्रकाशित : आइतबार, वैशाख २८ २०८२१०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend