बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

केईको एक्सचेन्ज कार्निभल : शनिबार उत्साहजनक सहभागिता, सोमबारसम्म हुने

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २७ २०८२
केईको एक्सचेन्ज कार्निभल : शनिबार उत्साहजनक सहभागिता, सोमबारसम्म हुने

सुरुमा शुक्रबारदेखि आइतबार(वैशाख २८)सम्मका लागि आयोजना हुने बताइएको थियो। कम्पनीले अब कार्निभल सोमबार अर्थान वैशाख २९ गतेसम्म थापाथलीमा जारी रहनेछ।

काठमाडौं- केई नेपालले आकर्षक अफरसहित आयोजना गरिरहेको केई एक्सचेन्ज कार्निभल अब आगामी सोमबारसम्म हुने भएको छ। सुरुमा शुक्रबारदेखि आइतबार(वैशाख २८)सम्मका लागि आयोजना हुने बताइएको थियो। कम्पनीले अब कार्निभल सोमबार अर्थान वैशाख २९ गतेसम्म थापाथलीमा जारी रहनेछ। 

वैशाख २६ देखि काठमाडौंको थापाथलीमा आयोजना भइरहेको ‘केई एक्सचेन्ज कार्निभल’मा आएर गाडी सट्टापट्टा गर्ने वा नयाँ किन्ने ग्राहकले ६ लाख रुपैयाँसम्मको फाइदा लिन पाउने भएका छन्। केईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इमोबिलिटी र जीओ अटोमोबाइलले आकर्षक अफरसहित कार्निभल आयोजना गरेका हुन्। 

यी दुई कम्पनीले संयुक्त रुपमा आयोजना गरेको एक्सचेन्ज कार्निभलमा आफ्नो एसयूभी मोडल एक्सथ्री प्रोमा ६ लाख रुपैयाँसम्मको फाइदा पाउने स्कीम ल्याएको हो। कार्निभलमा शनिबार उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ। कार्निभलमा केई एक्सथ्री प्रो, इक्युट टू र इक्युट फोरसँग जुनसुकै ब्रान्डका गाडी ल्याएर एक्सचेन्ज गर्न सकिनेछ।  

कम्पनीले अहिले केई एक्सथ्री प्रो मोडलको मूल्य ४५ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री गरिरहेको छ। उक्त मूल्यमा ६ लाख ५ हजार रुपैयाँ बराबरको फाइदा उपभोक्ताले पाउने छन्। उपभोक्ताले सो लाभ पाउँदा एक्सथ्री प्रो बीवाईडीको डलफिनभन्दा कम मूल्यमा र नामीको बक्सभन्दा केहीमात्रै बढी मूल्यमा विद्युतीय एसयूभी खरिद गर्न सकिनेछ। अहिले बीवाईडी डलफिन ४१ लाख १५ हजार रुपैयाँमा बिक्री गइरहेको छ। 

केई एक्सथ्री प्रोमा ४५ लाख ९६ हजारमा बिक्री भइरहेकोमा एक्सचेन्ज कार्निभलमा ६ लाख ५ हजार फाइदा पाउँदा ३९ लाख ९१ हजार रुपैयाँ अर्थात ४१ लाख १५ हजार रुपैयाँको डलफिनभन्दा सस्तो मूल्यमा पाउने छन्। 
कम्पनीले एक्सचेन्जमा आउनेलाई एक्सचेन्ज बोनस, नगद छुट, पूर्णबीमा, वार्षिक करसँगै गाडी धुने मेसिनदेखि कपडा धुने बोसको वासिङ मेसिनसम्म दिने जनाएको छ। समग्रमा गाडी किन्ने ग्राहकले ६ लाख ५ हजार रुपैयाँ बराबरको फाइदा पाउने छन्।

केई एक्सथ्री प्रोको लम्बाई ४४ सय ४३ एमएम, चौडाई १८ सय ३१ एमएम र उचाई १६ सय ४६ एमएम छ। एसयूभीको साइजमा उपलब्ध एक्सथ्री प्रोको ह्वीलबेस २६ सय ३२ एमएम छ। सोही कारण एक्सथ्री प्रो बीवाईडी एटो थ्री कै आकारको विद्युतीय एसयूभी भएको हो। 

एक्सथ्री प्रो एसयूभीमा १ सय ८२ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३ सय ६० लिटरको बुट स्पेस रहेको विद्युतीय कारमा क्याबिन निकै लग्जरी फिल दिने खालको छ। 

कम्पनीले यसमा ५३.६ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ। डब्लूएलटीपीका अनुसार नै यसले सिंगल चार्जमा ३ सय ३० किलोमिटर रेन्ज दिन्छ। एक्सथ्री प्रो एसयूभीमा मल्टी फङ्सनल स्टेरिङ ह्वील, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, डिजिटल इन्फोटेन्मेन्ट स्क्रिन, ३६० डिग्री क्यामेरा, अटोमेटिक एसी, रियर एसी भेन्ट, पीएम २.५ एयर फिल्टर, ६ वटा स्पीकर, मल्टी ड्राइभिङ मोड, वायरलेस मोबाइल चार्जरलगायत विशेषता छन्। 


प्रकाशित : शनिबार, वैशाख २७ २०८२१८:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend