शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

२५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना सञ्चालन

शनिबार, वैशाख २७ २०८२
२५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना सञ्चालन

भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रबर्द्धित आयोजना औपचारिक उदघाटन भएर नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जोडिइसकेको छ।

काठमाडौं- सेती नदीमा २५ मेगावाट क्षमताको  सेती नदी जलविद्युतत आयोजनाको निर्माण सम्पन्न भएको छ। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिकामा पर्ने सेती नदीमा आयोजना बनेको हो। भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रबर्द्धित आयोजना औपचारिक उदघाटन भएर नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जोडिइसकेको छ।

२०७५ असोज २६ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडबाट १ हजार ५०० सयभन्दा बढि संस्थापक लगानीकर्ता यस आयोजनाका मालिक भएको कम्पनीका अध्यक्ष जगत पोखरेलले जानकारी दिए। २०७७ सालमा निर्माण सुरुवात गरेको आयोजनाको निर्माणकार्य सम्पन्न भई मिति २०८१ कात्तिक २७ गतेदेखि प्राधिकरणले विद्युत खरिद गर्न सुरु गरेको छ।

आयोजना सञ्चालनमा आएपछि हालसम्म हरेक महिना विद्युत खरिद सम्झौतामा तोकिएभन्दा राम्रो ऊर्जा  उत्पादन भइरहेको आयोजनाले जनाएइको छ। सेती नदी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लाहाचोक सबस्टेसनसम्म १३२ केभी क्षमताको ४ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ।

करिब ६ अर्ब रुपैयाँ लगानी रहेको यस आयोजनाबाट उत्पादित बिजुलीबाट सुरुको वर्षमा वार्षिक ८७ करोड रुपैयाँ आम्दानी गर्नेछ। आयोजनामा एनएमबि बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकको ऋण लगानी छ।आयोजनाका लागि बैंककातर्फबाट तत्कालिन अवस्थामा अनुमानीत कूल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत संस्थापक लगानीकर्ताको स्वपूजी लगानी छ।

शनिबार भएको उद्घाटन कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीलगायतले ऊर्जा उत्पादनमा भिजन लुम्बिनीले स्थापना गरेको मानक उदाहरणीय रहेको बताएका छन्। रासस


प्रकाशित : शनिबार, वैशाख २७ २०८२१४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend