बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई एमालेको ह्विप

शुक्रबार, वैशाख २६ २०८२
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई एमालेको ह्विप

एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आज सांसदहरुलाई ह्विप जारी गरेका हुन्।

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारको ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आज सांसदहरुलाई ह्विप जारी गरेका हुन्।

'आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई २०८२ बैशाख २८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न हुन ह्विप जारी गरिएको छ,' उनले जारी गरेको सूचनामा उल्लेख छ। रासस

प्रकाशित : शुक्रबार, वैशाख २६ २०८२१५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend