सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक घटे, कारण के?

images
बिहीबार , वैशाख २५ २०८२
images
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक घटे, कारण के?

चालु आर्थिक वर्षको चैतसम्म नेपाली ९२ हजार ८९०, सार्क मुलुकका १६ हजार ७९८ र तेस्रो देशका ७२ हजार ५३९ पर्यटकले निकुञ्ज घुमेका हुन्।

images
images

चितवन- चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्षको चैत सम्ममा पर्यटकको सङ्ख्यामा कमी आएको हो। गत आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी पर्यटकले निकुञ्ज घुमेका थिए।

images
images
images

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्षको चैत सम्ममा १ लाख ८२ हजार २२७ जना पर्यटकले निकुञ्ज घुमेका छन्। गत आर्थिक वर्षमा २ लाख ५० हजार ३३७ जनाले निकुञ्ज घुमेका थिए। चालु आर्थिक वर्षको चैतसम्म नेपाली ९२ हजार ८९०, सार्क मुलुकका १६ हजार ७९८ र तेस्रो देशका ७२ हजार ५३९ पर्यटकले निकुञ्ज घुमेका हुन्।

images
images

गत आर्थिक वर्षको तुलनामा यस वर्ष आन्तरिक पर्यटकको सङ्ख्यामा ठूलो गिरावट आएको तथ्यांकले देखाएको छ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्या र सफारी गर्ने जिप सङ्ख्यामा कमी आउँदा पर्यटकसँगै राजस्वसमेत घटेको बताए।

images
images

यद्यपी निकुञ्जमा भीडभाड नहुँदा वन्यजन्तुका लागि राम्रो हुने उनको भनाइ छ। गत आर्थिक वर्षमा यो अवधिमा २८ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। तर, यो वर्ष २३ करोड ६४ लाख ९९ हजार रुपैयाँ मात्र राजस्व स्कलन भएको छ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना कोभिड पछि मानिसमा क्रयशक्ति कम्जोर बन्नु र कोभिड पछि उकुसमुकुस भएका धेरै पर्यटकले गत वर्ष निकुञ्ज घुमेकाले यस वर्ष सङ्ख्या घटेको हुनसक्ने अनुमान गर्छन्।

‘जुन सुकै क्षेत्रमा पनि उच्च तहमा पुगे पछि क्रमशः घट्दै जान्छ’ उनी भन्छने, ‘निकुञ्ज भित्रको घाँसे मैदान व्यवस्थापन समयमा हुन नसक्दा दुर्लभ वन्यजन्तु हेर्न नपाएकाले पनि केही हदसम्म पर्यटक घटेको हुनसक्छ।’

क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष गुणराज थपलिया मूख्य रूपमा बाटोको कारण पर्यटक आगमनमा कमी आएको बताउँछन्। उनी प्रश्न गर्दै भन्छन्, ‘सडक र आकाशबाट आउनै कठिन छ, कसरी पर्यटक आउँछन्?’

चितवनबाट भैरहवा, काठमाडौं र पोखरा तीनैतर्फको सडकको स्तरोन्नसत हुँदै गरेकाले सहज नहुँदा पर्यटक नआएको उनले बताए। जहाजबाट आउँदा समयमा उडान नहुने र भाडा महंगो भएको थपलियाको भनाइ छ। रासस 


प्रकाशित : बिहीबार , वैशाख २५ २०८२१३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend