काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ। बिहीबार सुनको मूल्य तोलामा ६०० ले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै सुनको मूल्य १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, चाँदी प्रतितोला १ हजार ९५५ मा बेचबिखन भइरहेको छ।
बुधबार प्रतितोला सुन १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी १ हजार ९६५ मा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज १ औँस सुन ३ हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रासस