बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

इजरायलले यमनको साना विमानस्थलमा आक्रमण गर्यो, ५० करोड डलरको क्षति

images
बुधबार, वैशाख २४ २०८२
images
इजरायलले यमनको साना विमानस्थलमा आक्रमण गर्यो, ५० करोड डलरको क्षति

अक्रमणबाट टर्मिनल भवनहरु ध्वस्त हुनुका साथै ५० करोड अमेरिकी डलरबराबरको क्षति भएको विमानस्थलका महानिर्देशकलाई उदृत गर्दै हुथी सञ्चारमाध्यमले जनाएका छन्।

images
images

काठमाडौं- यमनको हुथी नियन्त्रित राजधानी सानामा रहेको विमानस्थलमा इजरायलले आक्रमण गरेको छ। अक्रमणबाट टर्मिनल भवनहरु ध्वस्त हुनुका साथै ५० करोड अमेरिकी डलरबराबरको क्षति भएको विमानस्थलका महानिर्देशकलाई उदृत गर्दै हुथी सञ्चारमाध्यमले जनाएका छन्।

images
images
images

आक्रमणबाट मा ‘गम्भीर क्षति’ भएपछि विमानस्थलले अर्को सूचना जारी नभएसम्मका लागि सबै उडान स्थगन गरेको निर्देशक खालिद अल शैफले बताए। आइतबार तेल अभिभको बेन गुरियन विमानस्थल नजिकै हुथी क्षेप्यास्त्र प्रहार भएको बदलामा इजरायलले सानास्थित विमानस्थलमा आक्रमण गरेको थियो।

images
images

साना विमानस्थलमा इजरायली आक्रमणका कारण करिब ५० करोड अमेरिकी डलरको क्षति भएको विमानस्थलका महानिर्देशक खालिद अल शैफले यमनी विद्रोही निकट मानिने अल-मसिराह टेलिभिजनसँग भनेका छन्। ‘शत्रुले साना विमानस्थलका टर्मिनलहरू ध्वस्त पारिदिएका छन्, जसमा सबै उपकरण र सामग्रीहरू समावेश छन्’ उनले भनेका छन्, ‘गोदाम पनि पूर्ण रूपमा भ्वस्त गरिएको छ।’

images
images

यमेनिया एयरवेजका ३ वटा विमान जलेको र ६ वटामा आंशिक क्षति पुगेको उनको भनाइ छ। साथै अस्थायी रुपमा विमानस्थल खोल्ने विकल्पहरु रहेको उनले जानकारी थिए। तर, पुनस्र्थापना र पुनःसञ्चालन गर्न लामो समय लाग्नेछ। सन् २०२२ मा ६ वर्षको अन्तरालपछि सानाको विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि पुनःखोलिएको थियो।

जसले जोर्डनको राजधानी अम्मानलाई नियमित रूपमा यमनिया एयरलाइनमा नियमित सेवा प्रदान गरेको थियो। सानाबाट उडान भर्नेहरूमा विदेशमा आपतकालीन उपचारको खोजीमा रहेका यमनीहरू पनि सामेल छन्। हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अलासबाहीले सामाचार संस्था एएफपीसँग आक्रमणले ‘उपचार गर्न विदेश जानुपर्ने बिरामीका लागि मानवीय पीडा बढाउने बताएका छन्।

साथै स्वास्थ्य सामग्री ल्याउन पनि कठिन हुन सक्ने उनको आंकलन छ। मंगलबार हुथी विद्रोही र संयुक्त राज्य अमेरिकाबीच युद्धविरामका लागि सहमति भएको र यसले रेड सीमा जहाजको स्वतन्त्रता सुनिश्चित गर्ने मध्यस्थ ओमानले जनाएको छ। घोषणा गरिएको सम्झौतामा इजरायलको बारेमा उल्लेख गरिएको छैन।

हुथी विद्रोहीहरूले मंगलबारको आक्रमणको उचित जवाफ दिने बताएका छन्। हुथी विद्रोहीहरूले सन् २०२३ को अन्त्यदेखि रेड सी र एडेनको खाडीमा इजरायल र व्यापारिक जहाजहरूमाथि आक्रमण गर्दै आएका छन्। रासस


प्रकाशित : बुधबार, वैशाख २४ २०८२१८:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend