बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट म्याग्दीमा २ सय १० जना लाभान्वित

images
बुधबार, वैशाख २४ २०८२
images
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट म्याग्दीमा २ सय १० जना लाभान्वित

पालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार रोजगार उपभोक्ता समिति गठन गरी सञ्चालित योजना तथा कार्यक्रममा स्थानीयलाई रोजगारी दिइएको हो।

images
images

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीय २ सय १० जना लाभान्वित भएका छन्। चालु आर्थिक वर्षमा गाउँपालिकाका ७ वटै वडामा सञ्चालित १४ वटा योजनामा उनीहरूले रोजगारी पाएका हुन्।

images
images
images

जसका लागि पालिकाले ५३ लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। पालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार रोजगार उपभोक्ता समिति गठन गरी सञ्चालित योजना तथा कार्यक्रममा स्थानीयलाई रोजगारी दिइएको हो।

images
images

रोजगार कार्यक्रमअन्तरगत पदमार्ग निर्माण तथा मर्मत-सम्भार, गोरेटो बाटो तथा सार्वजनिक शौचालय निर्माणलगायत काम थिए। प्रत्यक व्यक्तिलाई न्यूनतम एकसय दिन रोजगारीको व्यवस्था गरिएको अध्यक्ष गर्बुजाले जानकारी दिए।

images
images

रोजगार कार्यक्रममा सहभागी स्थानीयलाई तालिम र सुरक्षा सामग्रीसमेत प्रदान गरिएको छ। सो कार्यक्रमअन्तरगत पालिकाको वडा नम्बर-७ बिममा नरालेदेखि बिम्बाङसम्म र वडा नम्बर-३ सिउदीभिर-औल पदमार्ग निर्माण पूरा भएको छ।

पालिकाका रोजगार सहायक मिलन सुवेदीका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा प्राप्त बजेटमध्ये ५ लाख ६७ हजार रुपैयाँ लागतमा डाडाँगाउँको सिउदीभीरदेखि औँलसम्म ३ सय मिटर पदमार्ग निर्माण गरिएको छ। भीर काट्ने, पर्खाल लगाउने, सोलिङ र ढुंगाको सिँढी लगाएर पदमार्ग निर्माण गरिएको उनले बताए।

यसैगरी, ४ लाख १४ हजार रुपैयाँ लागतमा बिम नरालेदेखि बिम्बाङसम्म १ सय ४२ मिटर नयाँ पदमार्ग र ३ सय ५० मिटर पदमार्ग मर्मतसम्भार गरिएको पालिकाले जनाएको छ। १४ योजनामध्ये ३ वटा योजना सम्पन्न भएको र अन्य योजनाहरू निर्माणको अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालको भनाइ छ। रासस


प्रकाशित : बुधबार, वैशाख २४ २०८२१७:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend