बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

महाकाली कोरिडोरलाई नीति तथा कार्यक्रममा समावेश गर्न सांसदको माग

images
बुधबार, वैशाख २४ २०८२
images
महाकाली कोरिडोरलाई नीति तथा कार्यक्रममा समावेश गर्न सांसदको माग

नीति तथा कार्यक्रममाथिको जारी छलफलमा सांसद दिलेन्द्रप्रसाद बडुले गौरवको योजनामा महाकाली कोरिडोर छुटेको बताएका छन्।

images
images

काठमाडौं- भारत र चीनलाई जोड्ने महाकाली कोरिडोरलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सांसदहरुले माग गरेका छन्। नीति तथा कार्यक्रममाथिको जारी छलफलमा सांसद दिलेन्द्रप्रसाद बडुले गौरवको योजनामा महाकाली कोरिडोर छुटेको बताएका छन्।

images
images
images

साथै यसले भारत र चीनलाई पनि जोड्ने भएकाले यसलाई नीति तथा कार्यक्रममा राऋन र राष्ट्रिय गौरवको योजनामा समावेश माग गरेका छन्। त्यस्तै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा फजुल खर्च रोक्ने भनी राखिएकामा विगत वर्षमा पनि राखिएका यही कार्यक्रममा कति प्रगति भयो भन्ने समीक्षा गर्नुपर्ने सांसद बडुको भनाइ छ।

images
images

विद्युत प्रसारण लाइनमा निजी क्षेत्रलाई समावेश गराउने र प्रसारण लाइनको दूरी छोट्याउने नीति पनि बनाउन उनले सुझाव दिएका छन्। सांसद रेखा यादवले युवा रोजगार कार्यक्रम विगतदेखि नै आए पनि कार्यान्वयन हुन नसक्दा युवा विदेशिनु परेको, महिला घरेलु श्रमिकको अवस्था बारेमा नीति तथा कार्यक्रम नबोलेको बताइन्।

images
images

सांसद लालप्रसाद साँवा लिम्बुले ३ हजार २०० मेगावाट विद्युत उत्पादन हुनसक्ने भएकाले निजी क्षेत्रलाई सहभागी गराउने नीति राम्रो भएको बताए। वैदेशिक रोजगारमा जाने युवालाई सस्तो, सहज र सुलभरुपमा पठाउनुपर्ने उनको धारणा छ। त्यस्तै मलेसिया पठाउने बिचौलिया लागिपरेकाले त्यसलाई रोक्नुपर्नेमा पनि सांसद बडुले जोड दिए।

सांसद गंगा कार्कीले आर्थिक द्रुतगतिको कारक बनेको भ्रष्टाचार न्यूनीकरण गर्ने गरी नीति तथा कार्यक्रममा व्यवस्था गरिनुपर्ने बताएका छन्। ३ सयभन्दा धेरै सहकारी ठगिमा कति जनालाई कारबाही भयो भनी सरकारले समिक्षा गर्नुपर्ने उनको भनाइ छ।

सांसद रामकृष्ण यादवले वर्तमान सरकार गठनका बेला नेपाली काँग्रेस र नेकपा (एमाले) बीच भएको सहमतिका सात बुँदा पनि नीति तथा कार्यक्रममा आउनुपर्ने बताए। खेतबारीमा बाँदर, हात्तीलगायत जंगली जनावरले दुःख दिइरहेकाले त्यसबाट किसानलाई मुक्ति दिने कार्यक्रम आउनुपर्नेमा उनको जोड छ।

हुलाकी राजमार्ग बजेट अभावले पूरा हुन नसकेकाले यसतर्फ ध्यान दिन पनि सांसाद यादवले आग्रह गरेका छन्। सोह्र वर्षदेखि सडक नबन्दा अस्तव्यस्त भएर नागरिकले दुःख पाएको उनले बताए। नीति र कार्यक्रममा उल्लेख भएका विषयलाई कार्यान्वयन गर्ने गरी कार्ययोजना बनाउन पनि उनले आग्रह गरे। रासस 


प्रकाशित : बुधबार, वैशाख २४ २०८२१६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend