बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ नाडाको भन्दा भव्य बनाउने जिकिर, बुकिङ खुला

बुधबार, वैशाख २४ २०८२
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ नाडाको भन्दा भव्य बनाउने जिकिर, बुकिङ खुला

यस प्रदर्शनीको व्यवस्थापन र संयोजन प्रदर्शनी व्यवस्थापन र आयोजनामा रहेको एक संस्थाबाट हुनेछ। विगतका अन्य प्रदर्शनीहरूको तुलनामा नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न परिवर्तन तथा सुधारहरू हुनेछन्।

काठमाडौं- नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले यही आगामी साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी व्यवस्थित तथा भव्य अटोमोबाइल प्रदर्शनी ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्न लागेको छ। 

उक्त प्रदर्शनीले सम्पूर्ण अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सम्पूर्णमा नयाँ सकारात्मक दृष्टिकोण तथा ऊर्जा प्रदान गर्ने विश्वास आयोजकले गरेका छन्। 

साथै अटोमोबाइल क्षेत्रमा समय समयमा भइरहने परिवर्तनका लागि नीति निर्माता, अटो क्षेत्रका विज्ञ, उद्योगीहरुलाई एउटै ठाउँमा सहभागी गराइ अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गर्ने विश्वास आयोजकको छ। 

प्रदर्शनीमा सहभागिताको लागि स्टल बुकिङ २०८२ साल बैशाख २२ देखि २९ गते (सन् २०२५ मे ५ देखि मे १२) सम्म खुला रहने नाइमाले जनाएको छ। इच्छुक कम्पनीहरूले बुकिङ फारममा आफ्नो आवश्यकता भर्न सक्नेछन् र अन्तिम स्टल बाँडफाँट पारदर्शी लटरी प्रणाली मार्फत गरिनेछ। दुई र चार पांग्रे सवारीसाधन तथा हलुका व्यावसायिक सवारी साधनका लागि छुट्टाछुट्टै हलहरू नराखी प्रदर्शकले आफ्नो ठाउँ र स्थानको आवश्यकताअनुसार कुनै पनि स्टल रोज्न सक्ने व्यवस्था गरिएको छ।  

यस प्रदर्शनीको व्यवस्थापन र संयोजन प्रदर्शनी व्यवस्थापन र आयोजनामा रहेको एक संस्थाबाट हुनेछ। विगतका अन्य प्रदर्शनीहरूको तुलनामा नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न परिवर्तन तथा सुधारहरू हुनेछन्।

‘नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ,’ नाइमकी संस्थापक अध्यक्ष रितु सिंह वैद्यले भनिन्, ‘हामी हाम्रा सदस्यहरू र उद्योग सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र प्लेटफर्म प्रदान गर्न काम गरिरहेका छौँ र प्रदर्शनीमा भाग लिने कम्पनीहरूलाई एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीको अनुभव गराउन हामी निरन्तर प्रयासरत छौँ, उनले थपिन्।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) देशको मोबिलिटी क्षेत्रमा साझा मञ्चको रूपमा कार्य गर्नेछ। यसले रणनीतिक सहकार्य, विकास र नीति निर्माणमा सबै सरोकारवालाको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रतिनिधित्व गर्नेछ।


प्रकाशित : बुधबार, वैशाख २४ २०८२१६:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend