शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कञ्चनपुर-कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो

बुधबार, वैशाख २४ २०८२
कञ्चनपुर-कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो

पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर-कमला सडक विस्तारका क्रममा लहानचोकमा ‘ओभरपास’ निर्माणको सुरु भएको छ। ‘चाइना रेलवे-२ इञ्जिनियरिङ ग्रुप’ले ‘ओभरपास’ निर्माण थालेको हो।

सिरहा- पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर-कमला सडक विस्तारका क्रममा लहानचोकमा ‘ओभरपास’ निर्माणको सुरु भएको छ। ‘चाइना रेलवे-२ इञ्जिनियरिङ ग्रुप’ले ‘ओभरपास’ निर्माण थालेको हो।

सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६ दशमलव ८३ किलोमिटर लम्बाइमध्ये पश्चिम (सिरहा) खण्ड बलानबाट कमलासम्म ४७ किलोमिटर खण्डाको ६२ प्रतिशत काम पूरा भएको छ। लहान चोकमा रहेको सहिद स्मारक हटाएसँगै  ‘ओभरपास’ निर्माण थालिएको हो। 

कञ्चनपुर-कमला सडक आयोजना पश्चिम खण्ड (सिराहा)का सूचना अधिकारी सरोज कोइरालाका अनुसार अन्तरराष्ट्रिय मापदण्डअनुसारका ३२ मिटर चौडा दुई ओभरपास निर्माण हुने छन्।

मिर्चैयाको चोकमा पनि ‘ओभरपास’ निर्माण प्रारम्भ भएको छ। यो सडक खण्डमा पाँचवटा ‘अण्डरपास’ निर्माण हुने छन्। लहानमा अण्डरपास पनि धमाधम बन्दैछन्। 

आयोजनाको कुल लागत  १५ अर्ब ६६ करोड ४४ हजार ९८३ रुपैयाँ रहेको छ। पूर्वीखण्ड (सप्तरीको कञ्चनपुरबाट कुशहासम्मको ३९ किलोमिटर स्तरोन्नति गर्न सात अर्ब २७ करोड रुपैयाँमा ठेक्का लागेको छ। यस खण्डमा करिब ६० प्रतिशत भौतिक प्रगति भएको जानकारी उनले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, वैशाख २४ २०८२०९:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend