बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

एनआरएनएले विदेशमा सिकेको ज्ञान र सीप जन्मभूमिको हितमा प्रयोग गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

images
मंगलबार, वैशाख २३ २०८२
images
एनआरएनएले विदेशमा सिकेको ज्ञान र सीप जन्मभूमिको हितमा प्रयोग गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

एनआरएनएको नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै उनले अहिले प्रवासमा रहेपनि जन्मभूमिबारे सोच्न आग्रह गरेका हुन्।

images
images

काठमाडौं- उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई आफ्नो जन्मभूमिको हितमा जोड्न गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई आग्रह गरेका छन्।

images
images
images

एनआरएनएको नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै उनले अहिले प्रवासमा रहेपनि जन्मभूमिबारे सोच्न आग्रह गरेका हुन्। साथै एनआरएनएभित्र बृहत एकता कायम गरेर अघि बढ्न पनि नयाँ कार्यसमितिलाई सुझाव दिएकाे उपप्रधानमन्त्री सिंहकाे निजी सचिवालयले जनाएको छ।

images
images

नेपालको आर्थीक विकास र समृद्धिका लागि आफ्नो ठाउँबाट सकेको योगदान गरेको चर्चा गर्दै प्रवासमा रहेका आफ्नो दोस्रो पुस्तालाई नेपालसँगको सम्बन्ध नटुटाउनका एनआरएनएले खेलेको भूमिकाको प्रशंसा उनले गरेका छन्। सबैले अधिकारको कुरा सँगै जिम्मेवारी बहन गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड छ।

images
images

उपप्रधानमन्त्री सिंहसँगको भेटमा एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठले संसारभर छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गरेर आफ्नो कार्यसमिति अघि बढ्ने बताए। आइतबार सम्पन्न एनआरएनएको एकता महाधिवेशनबाट श्रेष्ठ नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको थियो।


प्रकाशित : मंगलबार, वैशाख २३ २०८२१८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend