सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

संसद्‌को आकस्मिक समय : सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

मंगलबार, वैशाख २३ २०८२
संसद्‌को आकस्मिक समय : सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सांसद ठाकुरप्रसाद गैरेले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न सरकारसँग माग गरे।

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रञ्जिता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई यही बैशाख १७ गते गिरफतार गरिएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन्।

सांसद कान्तिका सेजुवालले तीन महिनादेखि युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा अलपत्र परेका मुगुको छायानाथ नगरपालिका-१४ सुम्ली गाउँका २६ वर्षीय दीपराज भण्डारीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनी रोजगारीको सिलसिलामा एक वर्षअघि दुबई गएका थिए।

यस्तै, सांसद ठाकुरप्रसाद गैरेले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न सरकारसँग माग गरे।

सांसद पूर्णबाहदुर घर्ती मगरले जिल्ला  सदरमुकामका निम्ति विनियोजन गरेको बजेट खर्च हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। 

यसैगरी सांसद मनिष झाले मन्त्रिपरिषद्‌मा महिलाको सहभागिता बढाउन माग गरे। रासस


प्रकाशित : मंगलबार, वैशाख २३ २०८२१२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend