मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

आजका लागि सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक

मंगलबार, वैशाख २३ २०८२
आजका लागि सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले तरकारी र फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक गरेको हो।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले तरकारी र फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक गरेको हो।

समितिका अनुसार, गोलभेँडा (ठूलो, भारतीय)को मूल्य प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा (सानो, लोकल)को मूल्य प्रतिकिलो ४४ रुपैयाँ, गोलभेँडा (सानो, भारतीय)को मूल्य प्रतिकिलो ४० रुपैयाँ र गोलभेँडा (सानो, तराई)को मूल्य प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ। यसैगरी, आलु (रातो)को मूल्य प्रतिकिलो ३५ रुपैयाँ, आलु (भारतीय)को मूल्य प्रतिकिलो ३८ रुपैयाँ, प्याज (सुकेको, भारतीय)को मूल्य प्रतिकिलो ३८ रुपैयाँ, गाजर (लोकल)को मूल्य प्रतिकिलो ६० रुपैयाँ र गाजर (तराई)को मूल्य प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ।

समितिले बन्दा (लोकल)को मूल्य प्रतिकिलो १५ रुपैयाँ, बन्दा (नरिवल)को मूल्य प्रतिकिलो २० रुपैयाँ, काउली (स्थानीय)को मूल्य प्रतिकिलो ५० रुपैयाँ, मूला (रातो)को मूल्य प्रतिकिलो ४० रुपैयाँ र मूला (सेतो, लोकल)को मूल्य प्रतिकिलो २० रुपैयाँ तोकेको छ। साथै, भन्टा (लाम्चो)को मूल्य प्रतिकिलो ४० रुपैयाँ र भन्टा (डल्लो)को मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकिएको छ।

मटरकोसा प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ६० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ९० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १५० रुपैयाँ र तितो करेला प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ। लौका प्रतिकिलो २५ रुपैयाँ र परबर (लोकल) प्रतिकिलो ६० रुपैयाँ तोकिएको छ।

सागसब्जी र फलफूलको मूल्य निर्धारण गरिएको अन्य केही प्रमुख उपजहरूमा, सखरखण्डको मूल्य प्रतिकिलो ६० रुपैयाँ, बरेला प्रतिकिलो ५० रुपैयाँ, पिँडालु प्रतिकिलो ९० रुपैयाँ, रायो साग प्रतिकिलो ६० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ९० रुपैयाँ, चमसुरको साग प्रतिकिलो ९० रुपैयाँ, तोरीको साग प्रतिकिलो ३५ रुपैयाँ, मेथीको साग प्रतिकिलो ८० रुपैयाँ, प्याज (हरियो) प्रतिकिलो ६० रुपैयाँ, बकुला प्रतिकिलो ५० रुपैयाँ र तरुलको मूल्य प्रतिकिलो १०० रुपैयाँ तोकिएको छ।

फलफूलहरूको मूल्य सूचीमा स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फूजी) प्रतिकिलो ३४० रुपैयाँ, केरा (दर्जन) १६० रुपैयाँ, कागती प्रतिकिलो २८० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो २०० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकिलो २५० रुपैयाँ, भारतीय सुन्तला प्रतिकिलो १४० रुपैयाँ, तरबुजा (हरियो) प्रतिकिलो ५० रुपैयाँ र मौसम प्रतिकिलो २०० रुपैयाँ निर्धारण गरिएको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख २३ २०८२०७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend