मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

मंगलबार, वैशाख २३ २०८२
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा कायम गरिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबार (आज) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा, बेलायती पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ १५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा छ। स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १६४ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६७ पैसा, क्यानडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८४ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३५ पैसा तथा बिक्रीदर ९ रुपैयाँ ३९ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५० पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ ०७ पैसा रहेको छ।

त्यस्तै, थाई भाट एकको खरिददर ४ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४ रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७८ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा कायम भएको छ।

साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४ रुपैयाँ ०४ पैसा, डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ४६ पैसा र बिक्रीदर २० रुपैयाँ ५५ पैसा तोकिएको छ।

यसैगरी, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४४० रुपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर ३५६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ३६ पैसा तथा ओमनी रियाल एकको खरिददर ३४९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५० रुपैयाँ ९४ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ।

राष्ट्र बैंकले यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ। वाणिज्य बैंकले तोक्ने दर भने खुला बजारको आधारमा फरक हुन सक्ने र अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख २३ २०८२०६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend