बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

नीति तथा कार्यक्रम यर्थाथभन्दा निकै टाढा : अध्यक्ष दाहाल

images
सोमबार, वैशाख २२ २०८२
images
नीति तथा कार्यक्रम यर्थाथभन्दा निकै टाढा : अध्यक्ष दाहाल

सोमबार प्रतिनिधिसभामा धारणा राख्दै अध्यक्ष दाहालले नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै बनाएको बताएका हुन्।

images
images

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रम यथार्थभन्दा टाढा भएको बताएका छन्। सोमबार प्रतिनिधिसभामा धारणा राख्दै अध्यक्ष दाहालले नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै बनाएको बताएका हुन्।

images
images
images

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष दाहाल भन्छन्,ले ‘नीति तथा कार्यक्रमले न त विगतको समीक्षा गरेको छ, न वर्तमान संकटसँग जुध्न सक्ने योजना बोकेको देखिन्छ। यसले जनता र देशका गहिरा आवश्यकता सम्बोधन गर्न असमर्थ देखिएको छ।’ सरकारलाई जनतासँग संवाद गर्न, यथार्थ बोध गर्न र दीर्घकालीन समाधानमा केन्द्रित हुन उनको आग्रह छ।

images
images

साथै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको भाषा अमूर्त, औपचारिक र अनुप्रेरणाहीन रहेको भन्दै सत्तारूढ पक्षकै सांसदहरू मौन रहनु गम्भीर संकेत भएको बताए। अध्यक्ष दाहालले कृषि, जलस्रोत, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, संघीयता र सामाजिक न्याय जस्ता राष्ट्रिय प्राथमिकता भएका विषयलाई पृष्ठपोषण गर्न असफल भएको टिप्पणी गरे।

images
images

उनका अनुसार नीति तथा कार्यक्रमले न्याय, समानता र समावेशी लोकतन्त्रप्रति सरकारले कस्तो दृष्टिकोण राखेको छ भन्ने कुरा प्रष्ट पार्न सकेको छैन। उनले नीति तथा कार्यक्रममा व्यापक पुनःविचारको आवश्यकता रहेको उल्लेख गर्दै, जनमुखी, व्यावहारिक र उत्पादनमुखी कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरे। त्यस्तै कृषि उत्पादनमा विशिष्ट सोच, नयाँ दृष्टिकोण र दीर्घकालीन दृष्टिकोण नअपनाउँदा उत्पादन वृद्धि सम्भव नहुने पनि प्रचण्डको भनाइ छ।

नेपालको कृषि क्षेत्र समुदायमा आधारित ग्रामीण कृषि अर्थतन्त्रतर्फ अग्रसर हुनु आजको आवश्यकता भएको उनको भनाइ थियो। त्यसका लागि कृषिमा आधारित उद्यमशीलता प्रबर्द्धन, यान्त्रिकीकरण, उत्पादन प्रणालीको सामूहिक विकास र राज्यबाट साधन तथा बजारको सुनिश्चितता अनिवार्य छ भन्ने धारणा प्रचण्डको छ। 

गत वर्ष नीति तथा कार्यक्रममा समावेश गरिएका ‘कृषिमा लगानी दशक अभियान’, ‘उत्पादन र रोजगारका लागि साझेदारी कार्यक्रम’, ‘किसान परिचयपत्रसँग कृषि सेवा सहुलियत जोड्ने योजना’, ‘हिमाल समृद्धि उद्यमशीलता कार्यक्रम’, ‘गाईभैँसी स्रोत केन्द्र’, ‘वडास्तरमा नमूना फार्म स्थापनाको कार्यक्रम’ तथा ‘एकीकृत कर्णाली सिँचाइ कार्यक्रम’लाई निरन्तरता नदिइएकोमा अहसमति जनाएका छन्। 

‘जनतासँग प्रत्यक्ष जोडिने, समुदायलाई प्रत्यक्ष लाभ दिने कार्यक्रमलाई सरकारले कटौती गरेको छ’ उनले भने। साथैनीति तथा कार्यक्रमले सीमान्तकृत समुदायलाई उपेक्षा गरेको उनको आरोप छ। आफू नेतृत्वको सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई स्मरण गराउँदै दलित, महिला, श्रमिक, अपांग, सीमान्तकृत र उपेक्षित समुदायको जीवनस्तरमा सार्थक परिवर्तन ल्याउने उद्देश्यले कार्यक्रम अघि सारिएको बताए।

अघिल्लो सरकारले व्यापक छलफलपछिको तयारी स्वरूप अघि सारेको ‘अधिकार सम्पन्न दलित विकास प्राधिकरण’ का लागि कानुन निर्माणसम्बन्धी प्रक्रिया पनि रोकिनु दुःखद भएको जनाएका छन्। उनले अघिल्लो वर्ष नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको ‘रेमिट्यान्स उद्यमशीलता कार्यक्रम’ यस वर्ष किन हटाइएको भन्नेमा पनि प्रश्न उठाएका छन्। 

‘एक लाख रिटर्नी नेपालीलाई उद्यममा जोड्ने कार्यक्रम नीति तथा कार्यक्रममा अटाउन नसक्नु आफैँमा दुर्भाग्यपूर्ण हो’, उनले भने। साथै गैरआवासीय नेपालीलाई व्यावहारिक रूपमा नागरिक अधिकार सुनिश्चित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। पूर्व प्रधानमन्त्रीको हैसियतमा आफ्नो कार्यकालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने कार्य प्रारम्भ गरिएको उनको दाबी छ।

हालसम्म ती अधिकार व्यवहारमा लागु हुन नसकेकोप्रति उनले चिन्ता व्यक्त गरेका छन्। ‘हातमा नेपाली नागरिकता हुँदाहुँदै विदेशी पासपोर्टमा भिसा लिएर नेपाल आउनुपर्ने बाध्यता अत्यन्तै विडम्बनापूर्ण स्थिति हो’ प्रचण्डले भने। यसलाई गम्भीरतापूर्वक लिई गैरआवासीय नेपालीले अधिकारपूर्ण ढंगले मातृभूमिसँगको सम्बन्ध निभाउन सक्ने वातावरण सृजना गर्न आवश्यक रहेको उनको भनाइ छ। 

गैरआवासीय नेपालीका सीप, दक्षता र क्षमतालाई राष्ट्र निर्माणमा सदुपयोग गर्न सकिने गरी स्पष्ट र प्रभावकारी नीतिगत संरचना निर्माण गर्न अनुरोध गरेका छन्। यसमार्फत देशको आर्थिक, सामाजिक तथा प्राविधिक विकासमा विश्वभर फैलिएका नेपालीको योगदानलाई संस्थागत रूपमा समेट्न सकिने सम्भावना रहेको प्रचण्डले बताए। रासस


प्रकाशित : सोमबार, वैशाख २२ २०८२१५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend