बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

सेयर बजारमा देखिएन सुधार, साताको दोस्रो कारोबार पनि ओरालोतिरै

images
सोमबार, वैशाख २२ २०८२
images
सेयर बजारमा देखिएन सुधार, साताको दोस्रो कारोबार पनि ओरालोतिरै

लगानीकर्ता विश्वस्त हुन नसक्दा सेयर बजार उतारचढावबीच निरन्तर ओरालोतर्फ नै लागिरहेको छ।

images
images

काठमाडौं- उतारचढावबीच लगातार घटिरहेको सेयर बजार यो साताको दोस्रो कारोबारमा पनि ओरालोतर्फै लागेको छ।

images
images
images

सोमबार बजार ९.९८ अंकले घटेर २६१०.४० बिन्दुमा पुग्दा ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार रूपैयाँको कारोबार भएको छ। आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा परिवर्तन आएको छैन।

images
images

यो साता पहिलो कारोबार दिन आइतबार बजार ३.३४ अंकले घटेर २,६२०.३९ बिन्दुमा झरेको थियो। आइतबार ९ अर्ब २४ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार कारोबार रकममा पनि गिरावट आएको हो।

images
images

लगानीकर्ता विश्वस्त हुन नसक्दा सेयर बजार उतारचढावबीच निरन्तर ओरालोतर्फ नै लागिरहेको छ। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : सोमबार, वैशाख २२ २०८२१५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend