बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नीति तथा कार्यक्रम व्यवस्थित छ : पूर्वाधारमन्त्री दाहाल

सोमबार, वैशाख २२ २०८२
नीति तथा कार्यक्रम व्यवस्थित छ : पूर्वाधारमन्त्री दाहाल

छलफलमा भाग लिँदै सांसद गोपाल भट्टराईले आगामी वर्षको नीति तथा कार्यक्रम व्यवस्थित रहेको टिप्पणी गरे।

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिसोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १९ गते संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।

छलफलमा भाग लिँदै सांसद गोपाल भट्टराईले आगामी वर्षको नीति तथा कार्यक्रम व्यवस्थित रहेको टिप्पणी गरे।

'संविधान कार्यान्वयनका क्रममा देखिएको कमीकजोरी सच्याउने कुरा आएको छ। यो राम्रो पक्ष हो। संविधानको समीक्षा गर्ने बेला आएको छ', उनले भने, 'विकासको परियोजना विभिन्न सरकारले घोषणा गरेका आयोजनाको समीक्षा गर्ने र सम्पन्न नहुने परियोजना खारेज हुने नीति आफैमा राम्रो छ। रकम खर्च गरेर सम्पन्न नहुने परियोजना खारेज हुनुले दुरदृष्टि नीति दिइएको छ।'

सांसद भट्टराईले तीनै सरकारबीचको समन्वय गरिने नीति पनि दुरदृष्टि रहेको बताए। रासस


प्रकाशित : सोमबार, वैशाख २२ २०८२१४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend