बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे कांग्रेस सभापति देउवासँग परामर्श

सोमबार, वैशाख २२ २०८२
अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे कांग्रेस सभापति देउवासँग परामर्श

कांग्रेस सभापति शेरबहादुर देउवाले स्रोतको अधिकतम सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएका थिए।

काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गरेका छन्।

आज बिहान बूढानीलकण्ठस्थित देउवा निवास पुगेर उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले कांग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेका हुन्। सो अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएका थिए।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ। वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि २८ गतेसम्म प्रतिनिधिसभामा छलफल हुनेछ।

बैशाख ३० गतेदेखि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल सुरु हुनेछ, जसलाई प्रि-बजेट छलफलको रूपमा लिइनेछ। 

नेपालको संविधानअनुसार आगामी जेठ १५ गते अर्थमन्त्रीले संसद्को संयुक्त बैठकमार्फत सरकारको बजेट प्रस्तुत गर्नेछन्।


प्रकाशित : सोमबार, वैशाख २२ २०८२१२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend