सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

सुहाउँदो बालीका लागि शुक्लाफाँटामा माटो परीक्षण

images
सोमबार, वैशाख २२ २०८२
images
सुहाउँदो बालीका लागि शुक्लाफाँटामा माटो परीक्षण

प्रत्येक वडाको माटोको नमूना परीक्षण गरी सुक्ष्म तत्वका आधारमा बालीका लागि वडागत रुपमा सम्भाव्यता अध्ययनको कार्य गरिएको छ।

images
images

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकामा माटो सुहाउँदो बालीका लागि सम्भाव्यता अध्ययन अगाडि बढाइएको छ। नगरपालिकाको कृषि विकास शाखाले खाद्यान्न, तरकारी, उखु, फलफूल, मौरीपालन, बगरखेतीलगायतका लागि सम्भाव्यता अध्ययन  गरेको हो।

images
images
images

कुन माटोमा कुन बाली फस्टाउन सक्छ भनेर अध्ययनको कार्य गरेको कृषि विकास शाखाका प्रमुख करन सिंह बुढाऐरले बताए। प्रत्येक वडाको माटोको नमूना परीक्षण गरी सुक्ष्म तत्वका आधारमा बालीका लागि वडागत रुपमा सम्भाव्यता अध्ययनको कार्य गरिएको उनको भनाइ छ।

images
images

‘गत वर्ष घुम्ती माटो परीक्षण टोलीलाई नगरपालिका क्षेत्रमै बोलाएर नमूना परीक्षणको कार्य गर्यौँ’ उनी भन्छन्, ‘त्यसपछि कुन वडामा कुन बाली फस्टाउन सक्छ, किसानले लगाएको कुन बालीले बढी उत्पादन दिन थालेको छ, भनेर निरीक्षण, अवलोकनको कार्य गरेपछि वडागत रुपमा बालीको वर्गीकरण गरेका छौँ।’

images
images

उनका अनुसार वडा नँबर १, २, ३, १२ मा उखुखेती, वडा नम्बर २, ३, ७, ८ र ९ तरकारी खेती र वडा नम्बर ५, ६, ७, ८, ९ मा फलफूल, माहुरीलगायत प्रांगारिक खेतीका लागि उपयुक्त रहेको छ। यसैगरी, खाद्यान्न बालीका लागि वडा नम्बर ३, ४, ५, ६, ९, १०, ११ र वडा नम्बर ३, ११ र १२ बगर खेतीका लागि उयुक्त मानिएको छ। सम्भाव्यता अध्ययन गरिएका वडामा आवधिक ३ वर्षे योजना बनाएर लागु गर्ने योजना अघि सारिएको छ।

सम्भाव्यता अध्ययनको कार्यअनुसार मूल तथा स्रोत बीउमा आधारित धान, गहुँ, तोरी, मसुरो बालीमा अनुदान, लक्षित वर्गका लागि मागमा आधारित च्याउ, फलफूल, तरकारी, आलुखेतीसँगै माहुरी, कुखुरा, माछा हाँसपालन कार्यक्रम, स्थानीय थारु आलु प्रबद्र्धन, प्याकेजिङ, ब्राण्डिङ, स्टोरेज लगायतका कार्यक्रम सञ्चालन गरिने छन्। 

खाद्यान्नबाली, तरकारी, च्याउ, मसुरो, तोरी, बालीको उन्नत बीउ वितरण, प्रांगारिक खेती प्रणाली अपनाइ प्रांगारिक गाउँ स्थापना गर्ने, व्यावसायिक किसानलाई अनुदानमा कृषियन्त्र र उपकरण सहयोग गर्ने कार्यसँगै बगर खेतीमा आधारित कार्यक्रम सञ्चालन गरिने योजना बनाइएको शाखा प्रमुख बुढाऐरले बताए। 

‘व्यावसायिक फलफूलखेती गर्ने किसानलाई जग्गा भाडामा अनुदान, नयाँ बगैँचा स्थापना, पुरानो बगैँचा सुदृढिकरण गर्ने कार्यक्रम अघि सारिएको छ’ उनी भन्छन्, ‘नहर नपुगेका ठाउँमा साना सिँचाइ कार्यक्रम लागु गर्ने र किसानले उत्पादन गरेका कृषिजन्य वस्तु राख्नका लागि २ सय मेट्रिक टन क्षमताको कोल्डस्टोर स्थापना गर्ने योजना रहेको छ।’

नगरपालिकामा कूल खेतीयोग्य जमिन ५ हजार २ सय ३७ दशमलव ०५ हेक्टर रहेको छ। किसानले खेती गरिरहेको जग्गाको क्षेत्रफल ५ हजार १ सय हेक्टर मात्रैछ। कृषि पेसामा निर्भर किसान ९० प्रतिशत रहेका छन्। कूल सिञ्चित क्षेत्रफल ३ हजार ५ सय ४० हेक्टर रहेको छ। रासस 


प्रकाशित : सोमबार, वैशाख २२ २०८२११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend