बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

स्रोत नखुलेको ९५ लाख १७ हजार ५ सयसहित चार जना पक्राउ

सोमबार, वैशाख २२ २०८२
स्रोत नखुलेको ९५ लाख १७ हजार ५ सयसहित चार जना पक्राउ

स्रोत खुल्न नसकेको उक्त रकमसहित पक्राउ परेका चारै जानमाथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए।

काठमाडौं- प्रहरीले स्रोत नखुलेको ९५ लाख १७ हजार ५ सय रुपैयाँसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेहरुमा काठमाडौं तार्केश्वर नगरपालिका-३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरी, सप्तकोशी नगरपालिका-१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका-३ का ३१ वर्षीय सन्तोष गुरुङ तथा सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनले भने, 'काठमाडौं महानगरपालिका-९ पिंगलास्थान स्थित पशुपति भिजन अगाडि सडकमा आइतबार दुई वटा मोटरसाइकलमा शंकास्पद अवस्थामा सवार उनीहरुको साथमा रहेको झोला खानतलासी गर्दा उक्त रकम सहित नियन्त्रणमा लिइएको हो।' 

स्रोत खुल्न नसकेको उक्त रकमसहित पक्राउ परेका चारै जानमाथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए। रासस


प्रकाशित : सोमबार, वैशाख २२ २०८२०९:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend