बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुरक्षण मुद्रणको प्रणाली खरिदमा ४० करोड भ्रष्टाचार, विकल पौडेलसँगै उनका सारथी अकबर हुसेन पनि दोषी ठहर

आइतबार, वैशाख २१ २०८२
सुरक्षण मुद्रणको प्रणाली खरिदमा ४० करोड भ्रष्टाचार, विकल पौडेलसँगै उनका सारथी अकबर हुसेन पनि दोषी ठहर

न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले पौडेल र हुसेनसहित म्याक्स इन्टरनेसनललाई दोषी ठहर गरेको हो।

काठमाडौं- सुरक्षण मुद्रण प्रणाली खरिदमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक बिकल पौडेल र निजी कम्पनी म्याक्स इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत अकबर हुसेस भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयगले उनीहरूलाई विपक्षी बनाइ दायर गरेको मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले दुई जनालाई दोषी ठहर गरेको हो। 

न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले पौडेल र हुसेनसहित म्याक्स इन्टरनेसनललाई दोषी ठहर गरेको हो। 

यसअघि नै भ्रष्टाचारको अभियोगमा दोषी ठहर भइसकेका पौडेलविरुद्धको यो अर्को अभियोगमा पनि दोषी ठहर भएका हुन्। अख्तियारले दाबी गरे अनुसार  ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ राज्यलाई नोक्सानी भएको ठहर गर्दै अख्तियारले कैद तथा जरिवाना निर्धारण गरेको छ।  विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र यसका सञ्चालक अकबर हुसेनलाई जनही १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना तोकेको हो। 

अपराधपीडित संरक्षण ऐनबमोजिम तीनै प्रतिवादीसँग जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखिला  पनि अदालतले  आदेश गरेको छ।  

त्यस्तै पौडेललाई २ वर्ष र हुसेनलाई १ वर्ष ६ महिना कैद सजाय तोकिएको छ।

कार्यकारी निर्देशक हुँदा  केन्द्रअन्तर्गतको सेक्युरिटी प्रिन्टिङका लागि आवश्यक सफ्टवेयर तथा उपकरण खरिदका लागि भन्दै गरिएको टेन्डरमा मिलेमतो गरिएको, राज्यमाथि अनावश्यक भार पारिएको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। 

बजेट कार्यक्रम स्पष्ट नभएको, लिनुपर्ने ठाउँबाट अनुमति नलिएर सुरक्षित मुद्रण प्रणाली खरिदका लागि टेन्डर आह्वान गरेको अभियोग थियो। विकल पौडेलले यो खरिदका क्रममा मिलेमतोमा ठेक्का दिनका लागि सूचीकरणदेखि स्पेशिफिकेसन पनि एउटामात्र कम्पनीलाई मिल्ने बनाइएको, सूचना प्रविधिको व्यापारमा सेटिङमा एकछत्र व्यापार पाउँदै गरेको म्याक्स इन्टरनेसनलसँग मिल्नेगरी कागजपत्र बनाएको र उसैले काम पाएको अभियोग थियो। 

नेपालमा मिलेमतोमा काम दिने त्यसबापतको घुस सिंगापुरमा रहेको कम्पनी बनकोटेक नामको कम्पनीले विकल पौडेल सिंगापुरको युनाइटेड ओभरसिज बैंकको खातामा र उनकी श्रमतीको बैंक अफ अमेरिकाको खातामा हालिदिएको पाइएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो। 

यो अभियोगमा अख्तियारले पौडेलसँगै सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ तथा वन तथा वातावरण मन्त्रालयका तत्कालीन सीडीई (मेकानिकल) नविन कुमार पोखरेलविरुद्ध पनि मुद्दा दायर गरेको थियो। पौडेल बाहेक अरुले भने सफाइ पाएका छन्। 

म्याक्स इन्टरनेसनल र अकबर हुसेन पौडेलको सूचना प्रविधिको खरिदको भ्रष्टाचारमा मिलेमतोका साझेदार हुन्। कयौं खरिदमा हुसेनसँगै मिलेर पौडेलले आफ्नो योजना सफल बनाएका थिए। 

अन्तत: यो केसमा भने हुसेन पनि दोषी ठहर भएका छन्।


प्रकाशित : आइतबार, वैशाख २१ २०८२१८:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend