बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

पदमा हुँदासम्म जनताले अनुभूति गर्नेगरी काम गर्नुपर्छ : ऊर्जामन्त्री खड्का

आइतबार, वैशाख २१ २०८२
पदमा हुँदासम्म जनताले अनुभूति गर्नेगरी काम गर्नुपर्छ : ऊर्जामन्त्री खड्का

राजनीतिकर्मीले जनताप्रति थुप्रै बाचा गरेकाले जनताले सम्झनेगरी काम गर्नुपर्ने बताएका हुन्।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताले सधैँ अनुभूति गर्नेगरी विकास, निर्माणसम्बन्धी काम गर्नुपर्ने बताएका छन्। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको स्वागतमा आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले राजनीतिकर्मीले जनताप्रति थुप्रै बाचा गरेकाले जनताले सम्झनेगरी काम गर्नुपर्ने बताएका हुन्।

‘हामी राजनीतिकर्मीले निर्वाचनका बेला जनतासँग थुप्रै प्रतिबद्धता गरेर आएका हुन्छौँ, थुप्रै लक्ष्य लिएका हुन्छौँ’ मन्त्री खड्का भन्छन्, ‘लक्ष्य प्राप्तिका लागि आ-आफ्नो क्षेत्रबाट लाग्नुपर्छ राजनीतिकर्मी जनताप्रति प्रत्यक्ष उत्तरदायी भएर काम गर्नुपर्छ।’ साथै सधैँका लागि आफ्नो कार्यकाल नहुने भएकाले आफू नेतृत्वमा रहँदा जनताले प्रत्यक्ष अनुभूति हुने खालका काम गर्नुपर्ने उनको भनाइ छ।

मन्त्री खड्काले सीमित स्रोतसाधनकाबीच उत्कृष्ट काम गर्नुपर्ने दायित्व आफूहरूमा रहेकाले यसमा राज्यमन्त्रीको साथ र सहयोग हुने विश्वास व्यक्त गरे। उनले तीनै तहका सरकारसँग समन्वय गरेर दायित्वलाई जिम्मेवारपूर्वक निर्वाह गर्नुपर्ने उल्लेख गरे। मन्त्री खड्काले व्यावहारिक ज्ञान, अनुशासित, मर्यादित, जिम्मेवार व्यक्तित्वका रूपमा आफूले राज्यमन्त्रीलाई लिएको बताए।

आफूले सिकेको, देखेको, भोगेका कुरा र अनुभवलाई राष्ट्र निर्वाहमा लगाउनुपर्ने बताएका छन्। सहकार्य, पारदर्शिता र जवाफदेहिताका आधारमा मन्त्रालयको कार्यसम्पादनलाई परिणाममुखी बनाउने उनको भनाइ छ। साथै एकआपसमा मानसम्मन, संस्कार र संस्कृति जोगाएर अगाडि बढेमात्र सफल हुने धारणा मन्त्री खड्काले राखेका छन्।

नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले आफू देश र जनताका लागि काम गर्ने व्यक्ति भएकाले कर्मचारीको साथ लिएर देश र मन्त्रीलाई सफल बनाउने जनाएका छ। ऊर्जा सचिव सुरेश आचार्य र सिँचाइ सचिव सरिता दवाडीले देशलाई समृद्ध बनाउने क्षेत्र ऊर्जा र सिँचाइ भएकाले यसको विकासमा लाग्नुपर्ने धारणा राखेका छन्। 


प्रकाशित : आइतबार, वैशाख २१ २०८२१७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend