बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नागढुंगा-नौबिसे सडक दैनिक ५ घण्टा बन्द हुँदै, एम्बुलेन्स सञ्चालनमा छैन अवरोध

आइतबार, वैशाख २१ २०८२
नागढुंगा-नौबिसे सडक दैनिक ५ घण्टा बन्द हुँदै, एम्बुलेन्स सञ्चालनमा छैन अवरोध

बैशाख २२ देखि वैशाख ३१ गतेसम्म राति ११ देखि बिहान ३ बजेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माण गर्न लागिएको हो।

धादिङ- नौबिसे-नागढुंगा सडक १० दिनका लागि राति बन्द हुने भएको छ। बैशाख २२ देखि वैशाख ३१ गतेसम्म राति ११ देखि बिहान ३ बजेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माण गर्न लागिएको हो। त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड क्षेत्रमा सडक निर्माण भइरहेको छ।

जसका कारण सम्भावित जोखिमबाट बच्न र तीव्रगतिमा काम अघि बढाउन रातिको समयमा सडक बन्द गरेर काम गर्न लागिएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले बताएका छन्। काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनलाई राति नागढुंगा चेकपोष्टमा र नौबिसेबाट काठमाडौंतर्फ चल्ने सवारीसाधनलाई खत्रीपौवा पुलमा रोकिने छ।

त्याे समयमा सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न नागढुंगा-मुग्लिन सडक योजना कार्यालयले आग्रह गरेको छ। साना तथा मझौला सवारीसाधनले सीतापाइला-भीमढुंगा-रामकोट-धार्के सडक प्रयोग गर्न सक्नेछन्।

त्यस्तै वैकल्पिक बाटोका रूपमा सामाखुसी-टोखा-गुर्जेभञ्ज्याङ-छहरे-त्रिशूली-गल्छी सडक हुँदै जान सकिने छ। तर, एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने रोकिने छैन। ओभरट्याक नगरी बन्दको समयमा नियमपालना गरिदिन कार्यालयले अनुरोध गरेको छ। रासस


प्रकाशित : आइतबार, वैशाख २१ २०८२११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend