बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

‘युनियनपे नेपाल फिनटेक महोत्सव २०२५’ काठमाडौँमा हुँदै

आइतबार, वैशाख २१ २०८२
‘युनियनपे नेपाल फिनटेक महोत्सव २०२५’ काठमाडौँमा हुँदै

फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा “युनियनपे नेपाल फिनटेक महोत्सव २०२५” आयोजना हुने भएको छ।

काठमाडौं- फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा “युनियनपे नेपाल फिनटेक महोत्सव २०२५” आयोजना हुने भएको छ। नेपाल क्लियरिङ हाउसको प्रमुख साझेदारीमा आयोजना हुने यो कार्यक्रम आगामी २०८२ साल वैशाख २५ गते काठमाडौँमा हुने भएको हो।

नेपालमा अहिलेसम्म आयोजना भएका फिनटेक सम्बन्धी कार्यक्रमहरूमध्ये सबैभन्दा विशिष्ट मानिएको यस महोत्सवमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञ र अग्रणी व्यक्तित्वहरूले सम्बोधन गर्नेछन्।

उक्त महोत्सवमा सिङ्गापुरस्थित विकास बैंक (डीबीएस बैंक) का पूर्व नवप्रवर्तन प्रमुख नील क्रस, भारतको कोटक महिन्द्रा बैंकका पूर्व डिजिटल प्रमुख दिपक शर्मा, डिजिटल प्रविधि रणनीतिक सल्लाहकार संस्था द डिजिटल फिफ्थका प्रमुख कार्यकारी अधिकृत समीर सिंह जैनि, तथा ल्युरा नेटवर्कका प्रमुख कार्यकारी राजेश देसाईलगायत फिनटेक र बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएका व्यक्तित्वहरूको सहभागिता रहनेछ।

पूर्व गभर्नर महाप्रसाद अधिकारीको विशेष आतिथ्यमा आयोजना हुने महोत्सवमा नेपाल राष्ट्र बैंकका वरिष्ठ अधिकारी, वाणिज्य बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, नियामक निकायका प्रतिनिधिहरू, प्रविधि क्षेत्रका व्यवसायी र शैक्षिक विज्ञहरूको उल्लेखनीय उपस्थिति रहनेछ।

महोत्सवमा फिनटेक क्षेत्रका नवीनतम प्रविधिको प्रदर्शनी, नयाँ उत्पादन तथा सेवाहरूको प्रस्तुति, कम्पनीहरूबीच सहकार्यका समझदारी आदानप्रदान, छलफल र सम्पर्क विस्तारको अवसर उपलब्ध हुनेछ।

यस महोत्सवलाई विश्व फिनटेक संगठन, एशियाली फिनटेक संगठन, फिनटेक सम्मेलन परिषद्, अन्तर्राष्ट्रिय डिजिटल अर्थतन्त्र संघ, भारतीय वित्तीय मञ्च, तथा भुक्तानी सेवा प्रदायक संघ (पीएसपी) जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको समर्थन प्राप्त छ।

नेपाल तथा दक्षिण एशियाली क्षेत्रमा डिजिटल वित्तीय समावेशीकरण र नवप्रवर्तनलाई टेवा दिने उद्देश्यले आयोजना गर्न लागिएको यो महोत्सव नेपालका लागि डिजिटल भविष्य निर्माणमा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।


प्रकाशित : आइतबार, वैशाख २१ २०८२०९:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend