बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आइतबार, वैशाख २१ २०८२
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले शनिबार (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८० रुपैयाँ ३५ पैसा कायम गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ १९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६६ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा कायम गरिएको छ।

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४ रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८३ पैसा तोकिएको छ।

साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४ रुपैयाँ ०६ पैसा, डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५२ पैसा र बिक्रीदर २० रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ ३४ पैसा र बिक्रीदर ४४२ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३५८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ७७ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

बैंकका अनुसार विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने खुला बजारको आधारमा फरक हुन सक्ने र अद्यावधिक विवरण नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने बताइएको छ।  रासस


प्रकाशित : आइतबार, वैशाख २१ २०८२०७:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend