काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार (आज) का लागि सागसब्जी, फलफूल, मसला र अन्य कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार तरकारीतर्फ गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, भारतीय ६० रुपैयाँ, सानो गोलभेँडा (लोकल) २५ रुपैयाँ र तराई गोलभेँडा ४५ रुपैयाँ कायम गरिएको छ। आलु रातो नेपाली ३४ रुपैयाँ र भारतीय ३८ रुपैयाँ, सुकेको प्याज (भारतीय) ३८ रुपैयाँमा बिक्री भइरहेको छ। गाजर लोकल ४० रुपैयाँ र तराई २५ रुपैयाँमा उपलब्ध छ।
बन्दा लोकल १५ रुपैयाँ, नरिवल बन्दा २० रुपैयाँ, काउली स्थानीय ५० रुपैयाँ, रातो मूला ४५ रुपैयाँ, सेतो मूला लोकल २० रुपैयाँ, हाइब्रिड मूला ३० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँमा बिक्री भइरहेको छ। तने बोडी ६० रुपैयाँ, मटरकोसा १०० रुपैयाँ, घिउ सिमी लोकल र हाइब्रिड दुबै ७० रुपैयाँ, टाटे सिमी ९० रुपैयाँ, भटमास कोसा १२० रुपैयाँ, तितो करेला ३० रुपैयाँ, लौका ३० रुपैयाँ, परबर लोकल र तराई दुबै ५० रुपैयाँमा निर्धारण गरिएको छ।
चिचिण्डो ५० रुपैयाँ, घिरौला ३० रुपैयाँ, झिगुनी ८० रुपैयाँ, पाकेको फर्सी ५० रुपैयाँ, हरियो लाम्चो र डल्लो फर्सी २० रुपैयाँ, सलगम ८० रुपैयाँ, भिण्डी ५० रुपैयाँमा बिक्री भइरहेको छ।
सखरखण्ड ६० रुपैयाँ, बरेला ५० रुपैयाँ, पिँडालु ९० रुपैयाँ, स्कूस ५० रुपैयाँ, रायो साग ६० रुपैयाँ, पालुङ्गो र चमसुर ९० रुपैयाँ, मेथी साग ८० रुपैयाँ, तोरी साग ३५ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, बकुला ५० रुपैयाँ, तरुल १०० रुपैयाँ, कन्य च्याउ २२० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, कुरिलो ६०० रुपैयाँ निर्धारण गरिएको छ।
निगुरो ५० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, चुकुन्दर ६० रुपैयाँ, सजीवन साग १०० रुपैयाँ, कोइरालो २३० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ, जिरी साग ६५ रुपैयाँ, ग्याठकोभी ६० रुपैयाँ, सेलरी २०० रुपैयाँ, पार्सले ३०० रुपैयाँ, सौफ साग १०० रुपैयाँ, पुदिना २५० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, इमली १७० रुपैयाँ, तामा १०० रुपैयाँ, तोफु १४० रुपैयाँ र गुन्द्रुक ३५० रुपैयाँमा बिक्री भइरहेको छ।
फलफूलतर्फ स्याउ झोले २५० रुपैयाँ, फूजी स्याउ ३४० रुपैयाँ, केरा प्रति दर्जन १६० रुपैयाँ, कागती २९० रुपैयाँ, अनार ३५० रुपैयाँ, अङ्गुर हरियो २०० रुपैयाँ, कालो अङ्गुर २५० रुपैयाँ, भारतीय सुन्तला १४० रुपैयाँ, तरबुजा ५० रुपैयाँ, मौसम र जुनार २०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँमा बिक्री भइरहेको छ।
काँक्रो लोकल ६० रुपैयाँ, हाइब्रिड ४० रुपैयाँ, रुख कटहर ८० रुपैयाँ, चाइनिज नासपाती २६० रुपैयाँ, नेपाली मेवा ५० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, अम्बा १२० रुपैयाँ, उखु प्रतिगोटा ८० रुपैयाँ, स्ट्रबेरी २५० रुपैयाँ, किबी ४५० रुपैयाँ र आभोकाडो ६५० रुपैयाँ कायम गरिएको छ।
मसला तथा अन्यतर्फ अदुवा १०० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ, हरियो खुर्सानी ६० रुपैयाँ, बुलेट र माछे खुर्सानी क्रमशः ६० र ५० रुपैयाँ, अकबरे खुर्सानी ४०० रुपैयाँ, भेडे खुर्सानी १०० रुपैयाँ, लसुन हरियो १०० रुपैयाँ, हरियो धनिया १५० रुपैयाँ, सुकेको लसुन (चाइनिज) ३२० रुपैयाँ र नेपाली लसुन ३०० रुपैयाँमा बिक्री भइरहेको छ।
त्यस्तै, ताजा माछा रहु ३२० रुपैयाँ, बचुवा २६० रुपैयाँ, छडी २४० रुपैयाँ, रुख टमाटर १६० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँमा थोक मूल्य तोकिएको छ। रासस
कालीमाटी बजार विकास समितिका अनुसार माग र आपूर्तिको आधारमा मूल्यहरूमा दैनिक परिवर्तन हुने हुँदा उपभोक्ताले नियमित मूल्य जानकारी लिनु उपयुक्त हुने जनाइएको छ।