बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

रास्कोटमा ३३ केभीए प्रसारण लाइनको सबस्टेसन बन्दै

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २० २०८२
रास्कोटमा ३३ केभीए प्रसारण लाइनको सबस्टेसन बन्दै

नेपाल विद्युत् प्राधिकरणको पाँच करोड रुपैयाँको लागतमा प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो।

मान्म- कालीकोटको रास्कोट नगरपालिका-६ नमूना बस्तीमा ३३ केभीए प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो। 

नेपाल विद्युत् प्राधिकरणको पाँच करोड रुपैयाँको लागतमा प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो। 

केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको छ। सबस्टेसन निर्माण सम्पन्न भएपछि रास्कोटसहित छिमेकी पालिका र बाजुरा जिल्लासम्म गुणस्तरीय विद्युत् सेवा पुग्ने नेपाल विद्युत् प्राधिकरणका प्राविधिक रमेश शाहीले बताए। 'प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत् अभाव हुने छैन, कालीकोटको रास्कोटमा मात्र नभएर बाजुराको पूर्वी क्षेत्रमा पनि विद्युत् पहुँच विस्तार हुनेछ', उनले भने।

रास्कोटमा हाल ११ केभीए प्रसारण लाइन छ। उक्त प्रसार लाइनका कारण गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेपछि ३३ केभीए प्रसारण लाइनको सबस्टेसन निर्माण गर्न लागिएको हो। 

३३ केभीए सबस्टेसन बनेपछि विद्युत् आपूर्ति नियमित हुने अपेक्षा गरिएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए। रासस


प्रकाशित : शनिबार, वैशाख २० २०८२१६:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend