आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

कास्कीका किसानलाई यस वर्ष मल अभाव नहुने

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २० २०८२
images
कास्कीका किसानलाई यस वर्ष मल अभाव नहुने

कास्की जिल्लाअन्तर्गत पोखरा महानगरपलिकाका ३३ वटा वडा र चार वटा गाउँपालिकामा कुल ८० वटा कृषि सहकारीले किसानलाई रासायनिक मल वितरण गर्दै आएका छन्।

images
images

लेखनाथ- कास्कीका किसानलाई यस वर्ष रासायनिक मल अभाव नहुने भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराको पार्दीस्थित गोदाममा यसवर्ष असारसम्म पुग्ने मल मौज्दात रहेकाले विगतमा जस्तो यस वर्ष मल अभाव नहुने भएको हो। 

images
images
images

हाल पार्दीस्थित गोदाममा युरिया ५४८ मेक्ट्रिक टन, डीएपी ११६ मेक्ट्रिक टन र पोटास ३.५ मेक्ट्रिक टन मौज्दात रहेकाले मल अभाव नहुने गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रबन्धक ठाकुरप्रसाद बास्तोलाले दिए। कम्पनीले स्थानीय तहको सिफारिसअनुसार कृषि सहकारीमार्फत किसानलाई रासायनिक मल वितरण गर्दै आएको छ। 

images
images

सहकारीले वितरण गर्ने रासायनिक मलको मूल्य निर्धारण स्थानीय निकायले गर्दै आएका छन्। किसानले पोखरा महानगरपालिकाभित्र युरिया २१.५, डीएपी ५०.५ र पोटास ३८.५ रुपैयाँ तिर्नुपर्ने हुन्छ। पोखराबाहिरको हकमा भने ढुवानीवापत दुईदेखि तीन रुपैयाँ बढी मूल्य लिन सकिने व्यवस्था छ। 

images
images

कास्की जिल्लाअन्तर्गत पोखरा महानगरपलिकाका ३३ वटा वडा र चार वटा गाउँपालिकामा कुल ८० वटा कृषि सहकारीले किसानलाई रासायनिक मल वितरण गर्दै आएका छन्।

रासायनिक मल बिक्री गर्न सहकारीले स्थानीय निकायको सिफारिसमा कृषि सामग्री कम्पनीमा मल बिक्रीका लागि २५ हजार धरौटी राखेर अनुमति लिनुपर्ने हुन्छ। कास्कीमा मल बिक्री गर्न एक हजारभन्दा वढी सहकारीको आवेदन फरेको बास्तोलाले जानकारी दिए। 

रासायनिक मल वितरण निर्देशिकाअनुसार स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा तीन सदस्य समिति रहन्छ। समितिको प्रमुख प्रशासकीय अधिकृत र सदस्य सचिवमा कृषि शाखा प्रमुख रहने व्यवस्था छ। समितिलाई बिक्री मूल्य निर्धारण, डिलर सिफारिस, बाँडफाँट, सुपरीवेक्षण तथा निरीक्षण र कारबाही तथा खारेजी गर्नसक्ने अधिकार र जिम्मेवारी दिइएको छ। रासस


प्रकाशित : शनिबार, वैशाख २० २०८२१६:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend