बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको 'बाई द बुक' सार्वजनिक

शनिबार, वैशाख २० २०८२
बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको 'बाई द बुक' सार्वजनिक

बस्नेतद्वारा लिखित पुस्तक शनिबार संसार भक्त श्रेष्ठ र हिमालय बैंकको सीईओले अशोक संशेर जबराले पुस्तक लोकपर्ण गरेका हुन्।

काठमाडौं- बुद्ध एयरका संस्थापक निर्देशक तथा हालका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले लेखेको 'बाई द बुक' सार्वजनिक भएको छ।

सन् १९९७ मा ४ जनाबाट सुरू भएको बुद्ध एयरमा अहिले १५ सयले रोजगारी पाएका छन्। पुस्तक बद्ध एयरको सफलतामा आधारित रहेको छ।

'बाई द बुकको अर्थ नियम संगत हो।  एक चरणको काम पूरा भएको छ। व्यवाहरिक व्यवस्थान गरेका छौँ। यो नयाँ आउने उद्यमीलाई केही सिक्ने अवसर मिलोस भनेर लेखिएको हो। सपना देख्नेलाई यो पुस्तक प्ररेणा दिन यो पुस्तक हुन सक्छ,' बस्नेतले पुस्तक बारे भने। 

अहिलेसम्म बुद्ध एयरले २ करोड भन्दा बढीलाई हवाई सेवा दिइसकेको छ। एयरले अहिले काठमाडौंलाई बेस बनाएर पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढी, भैरहवा, चितवन, सिमरा, राजविराज, जनकपुर, विराटनगर, तुम्लिङटार, झापामा एटीआर जहाजबाट उडान गर्दै आएको छ। एयरले काठमाडौंबाट भारतको बनारसमा पनि नियमित उडान गरिरहेको छ।

एयरले पोखराबाट भैरहवा, नेपालगञ्ज र चितवनमा समेत उडान गरिरहेको छ। बस्नेतद्वारा लिखित पुस्तक शनिबार संसार भक्त श्रेष्ठ र हिमालय बैंकको सीईओले अशोक संशेर जबराले पुस्तक लोकपर्ण गरेका हुन्। 

बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतले भने 'हवाई सेवा जोखिम पूर्णबिजनेस हो। हावामा उड्नु पर्छ। मँहगो उद्योग हो। हामी सलफलताको पर्यावाची बनेका छौँ। साधरण जनताले देखेको सपना पूरा गरेको छौँ।'


प्रकाशित : शनिबार, वैशाख २० २०८२१४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend