बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नीति तथा कार्यक्रममा सहरी विकास मन्त्रालयका के-के विषय प्राथमिकतामा परे?

शुक्रबार, वैशाख १९ २०८२
नीति तथा कार्यक्रममा सहरी विकास मन्त्रालयका के-के विषय प्राथमिकतामा परे?

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‌को दुवै सभामा संयुक्तरुपमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०८२/८३ काे नीति तथा कार्यक्रममा सहरी विकाससम्बन्धी पनि विभिन्न विषय समेटिएका छन्।

उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालय सम्हालेपछि प्रकाशमान सिंहले काठमाडौं उपत्यकालाई सफा सहरका रूपमा विकास गर्ने, सहरीकरण व्यवस्थित रूपमा अघि बढाउने, उपत्यकाका नदी स्वच्छ बनाउने, पूर्वाधार विकासमा तीन तहकाे सरकारकाे समन्वय राम्राे बनाउने लगायतका विषयलाई प्राथमिकतामा राख्दै आएकाे थिया। ती विषय नीति तथा कार्यक्रममा समावेश भएका छन्।

यस्तै, काठमाडौं उपत्यकालाई व्यवस्थित र स्वच्छ वातावरणयुक्त स्थान बनाउन नदी संरक्षण र पर्यावरणीय सुधारकाे काम गरिने, आपतकालीन आवास तथा आवासविहीन परिवारका लागि आवास निर्माण कार्यलाई निरन्तरता दिने विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

कमजाेर र अव्यवस्थित सहरि क्षेत्रकाे एकीकृत विकास गरिने,भृकुटीमण्डपलाई अन्तर्राष्ट्रियस्तरकाे सभा हल, मनाेरञ्जन पार्क का रूपमा विकास गर्ने, सहरी पूर्वाधारका लागि थप पुँजी परिचालन गर्न नगर विकास काेषलाई पुनर्संरचना गर्दै यसकाे स्वामित्व संघ, प्रदेश, स्थानीय तह र वित्तीय संस्थाहरूकाे बीचमा वितरण गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

यसैगरी, आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अघि बढाउने, संघ प्रदेश र स्थानीय तहकाे सहकार्यमा स्थानीय तहकाे केन्द्रलाई राष्ट्रिय र प्रादेशिक तहकाे सडक सञ्जालसँग जाेडेर अन्तरआबद्धता कायम गर्ने पनि सरकारको नीति रहेको छ।


प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१८:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend