बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बन्ने

शुक्रबार, वैशाख १९ २०८२
भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बन्ने

सरकारले व्यवसायीको माग सम्बाधन गर्न भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बनाउने घोषणा गरेको छ।

काठमाडौं- सरकारले काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको सभा, सम्मेलन, प्रदर्शनी केन्द्र र मनोरञ्जन पार्क बनाउने भएको छ।

व्यवसायीहरुले लामो समयदेखि अन्तर्राष्ट्रियस्तरको सभाहल तथा प्रदर्शनी केन्द्र बनाउन माग गर्दै आएका थिए।

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र नहुँदा साँघुरो ठाउँमा प्रदर्शनी गर्नुपरेको र सबैलाई समेट्न नसकिएको गुनासो व्यवसायीहरुको थियो। सरकारले व्यवसायीको उक्त माग सम्बोधन गर्न भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बनाउने घोषणा गरेको छ।

शुक्रबार संघीय संसदको दुवै सदनमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भृकुटीमण्डपमा प्रदर्शनी केन्द्र बनाउने घोषणा गरेका हुन्।

काठमाडौंको केन्द्रमा स्थित भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको सभा, सम्मेलन, प्रदर्शनी केन्द्र र मनोरञ्जन पार्कको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।


प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१७:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend