बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नेपालीलाई विदेश जानुअघि नै सीपको व्यवस्था गरिने

शुक्रबार, वैशाख १९ २०८२
नेपालीलाई विदेश जानुअघि नै सीपको व्यवस्था गरिने

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन नीति, कानून तथा कार्यविधि संशोधन र तर्जुमा गरिने भएको भएको छ।

काठमाडौं- अन्तराष्ट्रिय श्रम बजारको मागअनुसार सीपयुक्त कामदार उत्पादन गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको भूमिका विस्तार गरिने भएको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन नीति, कानून तथा कार्यविधि संशोधन र तर्जुमा गरिने भएको भएको छ।

दक्ष जनशक्ति पलायन रोक्नका लागि सरकारले प्रोत्साहन नीति बनाउने भएको छ।

आगामी दशकलाई आन्तरिक रोजगारी दशक मनाउने पनि सरकारको नीति छ।


प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend