बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सवारी प्रदूषण मापदण्ड स्तरोन्नति हुने, युरो ६ मापदण्ड लागु गरिने

शुक्रबार, वैशाख १९ २०८२
सवारी प्रदूषण मापदण्ड स्तरोन्नति हुने, युरो ६ मापदण्ड लागु गरिने

लामो समयदेखि स्तरोन्नती हुने बहस भएको तर कार्यान्वयन हुन नसकेको प्रदूषण मापदण्ड अब भने स्तरोन्नति हुने भएको हो।

काठमाडौं- सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधनको प्रदूषण मापदण्ड स्तरोन्नति गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्।

लामो समयदेखि स्तरोन्नति हुने बहस भएको तर कार्यान्वयन हुन नसकेको प्रदूषण मापदण्ड अब भने स्तरोन्नति हुने भएको हो।

हाल नेपालमा आयात हुने पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन युरो ३ वा सो सहरको प्रदूषण मापदण्ड भएको हुनुपर्ने व्यवस्था छ। २०६९ मा युरो ३ लागु भएयता प्रदूषण मापदण्ड स्तरोन्नति हुन सकेको थिएन।

सरकारले युरो ३ बाट अब सिधै युरो ६ लागु गर्ने भएको हो। नीति तथा कार्याक्रममा घोषणा गरिएकाले आगामी आर्थिक वर्षबाट युरो ६ लागु हुनेछ।

२०६९ सालमा सरकारले युरो ३ वा सोसरह मापदण्ड भएका सवारीसाधन मात्र आयात गर्न पाउने व्यवस्था गरेको थियो तर त्यसयता हालसम्म मापदण्ड स्तरोन्नति हुन सकेको छैन। २०६९ मा युरो ३ सहरको मापदण्ड कार्यान्यन गर्दा दुई वर्षमा युरो ४ कार्यान्वयन गर्ने भनिएको थियो तर १३ वर्षपछि बल्ल युरो ६ मा जाने निर्णयमा सरकार पुगेको हो।

सरकारले २०५६ मा पहिलोपटक वातावरण नियमावली २०५४ कार्यान्वयनमा आएपछि ‘नेपाल प्रदूषण मापदण्ड २०५६’ लागु गरेको थियो। उक्त मापदण्ड युरो १ सरह थियो। सो मापदण्ड २०६९ सालमा परिमाार्जन भएर ‘नेपाल सवारी प्रदूषण मापदण्ड २०६९’ लागु भयो। यो युरो ३ सरहको मापदण्ड हो। 

त्यसयता व्यावसायिक दबाबलगायत कारणले पटकपटक प्रदूषण मापदण्डको ड्राफ्ट बनेको थियो। पछिल्लो पटक भने युरो ४ वा ६ कुनमा जाने भन्ने विवाद हुँदै आएको थियो। नीति तथा कार्यक्रममै आएकाले आगामी आर्थिक वर्ष २०८२/८३ बाट भने लागु हुने देखिएको छ। 


प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend