बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३
सरकारको नीति तथा कार्यक्रम

सम्पत्ति व्यवस्थापन कम्पनी र डिजिटल बैंक सञ्चालनमा ल्याइने

शुक्रबार, वैशाख १९ २०८२
सम्पत्ति व्यवस्थापन कम्पनी र डिजिटल बैंक सञ्चालनमा ल्याइने

पछिल्लो समय बैंकहरुको खराब कर्जा बढेको भन्दै व्यवस्थापनका लागि बैंकहरुले सम्पत्ति व्यवस्थापन कम्पनीको माग गर्दै आएका थिए।

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बैंकहरुको खराब कर्जा व्यवस्थापन गर्नका लागि सम्पत्ति व्यवस्थापन कम्पनी सञ्चालनमा ल्याउने बताएका छन्।

बैंकहरुको गैरबैंकिङ सम्पत्ति बिक्री गरी बैंकहरुको खराब कर्जा घटाउनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी सञ्चालनमा ल्याउने राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

पछिल्लो समय बैंकहरुको खराब कर्जा बढेको भन्दै व्यवस्थापनका लागि बैंकहरुले सम्पत्ति व्यवस्थापन कम्पनीको माग गर्दै आएका थिए। बैंकहरुको मागलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको हो।

यस्तो कम्पनी सञ्चालनमा ल्याउने विषय राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश गरेको छ। कम्पनी सञ्चालनसम्बन्धी कार्यविधिसमेत तयार भइसकेको भए पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छैन।

यस्तै, राष्ट्रपति पौडेलले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न डिजिटल बैंकिङ सञ्चालनमा ल्याउने बताएका छन्। सरकारले डिजिटल बैंकसम्बन्धी व्यवस्थासहित बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, बाफिया संशोधनका लागि प्रतिधिसभामा पेस गरिसकेको छ।


प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend