बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सरकारले वैकल्पिक वित्त व्यवस्थापन कोष सञ्चालनमा ल्याउने

शुक्रबार, वैशाख १९ २०८२
सरकारले वैकल्पिक वित्त व्यवस्थापन कोष सञ्चालनमा ल्याउने

ठूला र रणनीतिक आयोजनाको काम अगाडि बढाउन वैकल्पिक वित्त व्यवस्थापन कोष सञ्चालनमा ल्याइने उनले जानकारी दिए।

काठमाडौं- सरकारले वैकल्पिक वित्त व्यवस्थापन कोष सञ्चालनमा ल्याउने भएको छ। सरकारले तयार पारेको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

ठूला र रणनीतिक आयोजनाको काम अगाडि बढाउन वैकल्पिक वित्त व्यवस्थापन कोष सञ्चालनमा ल्याइने उनले जानकारी दिए।

यस सम्बन्धमा सरकारले आवश्यक कानून निर्माण समेत थालिसकेको छ। कानून निर्माणका लागि विधेयक प्रतिनिधिसभामा दर्ता समेत भइसकेको छ।

प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend