बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल (प्रत्यक्ष प्रसारण)

शुक्रबार, वैशाख १९ २०८२

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ल्याएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।

नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ।

बैशाख २२ गतेदेखि २८ गतेसम्म नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यतालिका छ। त्यसपछि वैशाख ३० गतेदेखि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल सुरु हुनेछ, जसलाई प्रि-बजेट छलफलको रूपमा लिइनेछ। 

नेपालको संविधानअनुसार आगामी जेठ १५ गते अर्थमन्त्रीले संसद्को संयुक्त बैठकमार्फत सरकारको बजेट प्रस्तुत गर्नेछन्।

 

 

 

 

 


प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१३:५६
  • सम्बन्धित विषय:

  • # नीति तथा कार्यक्रम


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend