शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कालीगण्डकी करिडोरअन्तर्गत राहुघाट–तातोपानी सडकखण्डमा १४ किलोमिटर कालोपत्र

शुक्रबार, वैशाख १९ २०८२
कालीगण्डकी करिडोरअन्तर्गत राहुघाट–तातोपानी सडकखण्डमा १४ किलोमिटर कालोपत्र

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ।

म्याग्दी- कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न सन् २०७४ सालमा निर्माण कम्पनीसँग ६६ करोड रुपैयाँमा सम्झौता गरिएको थियो।

निर्माण कम्पनीका अनुसार हालसम्म राहुपारे–बैसरी–कुनौटा–बेगखोला–कालीओडार–तिप्ल्याङ–महभिर–भिरकाटे–घार बैसरी–रातोपानी–पोखरेबगर–भुरुङ तातोपानीसम्मका १४ किलोमिटर सडक खण्ड कालोपत्र सम्पन्न भइसकेको हो।

निर्माणाधीन सडकलाई ११ मिटर चौडाइमा फराकिलो बनाइएको छ। साथसाथै, पानीको निकासका लागि नाली, पर्खाललगायत आवश्यक संरचना निर्माण गरेर मात्रै कालोपत्र गरिएको निर्माण कम्पनीले जनाएको छ।

चार सय ३५ किलोमिटर लामो कालीगण्डकी करिडोर पर्वतको मालढुङ्गाबाट सुरु भएर म्याग्दी, मुस्ताङ हुँदै चिनियाँ सिमानास्थित कोरला नाकासम्म पुग्छ। दुई लेनको २०२ किलोमिटर सडक खण्डको कालोपत्र कार्य आर्थिक वर्ष २०७३/७४ देखि सुरु गरिएको हो।

परियोजनाअनुसार हालसम्म कालीगण्डकी करिडोर सडकको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२०९:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend