शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

विदेशी मुद्राको विनिमयदर सार्वजनिक : अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा

images
शुक्रबार, वैशाख १९ २०८२
images
विदेशी मुद्राको विनिमयदर सार्वजनिक : अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा

केन्द्रीय बैंकले आज तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम गरिएको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज, वैशाख १९ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले आज तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम गरिएको छ।

images
images
images

यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८० रुपैयाँ ७६ पैसा रहेको छ।

images
images

स्वीस फ्र्याङ्कको खरिददर १६३ रुपैयाँ २१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९३ पैसा, अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ २७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९८ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ।

images
images

सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ १५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ६१ पैसा छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा तथा चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८ रुपैयाँ ६३ पैसा रहेको छ।

त्यस्तै, साउदी रियालको खरिददर ३५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा कायम भएको छ।

थाई भाटको खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा, युएई दिरामको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा रहेको छ।

मलेसियन रिङ्गेटको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा रहेको छ।

स्वीडिस क्रोनरको खरिददर १३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३ रुपैयाँ ९६ पैसा, डेनिस क्रोनरको खरिददर २० रुपैयाँ ४९ पैसा र बिक्रीदर २० रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ।

हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४७ पैसा, कुवेती दिनारको खरिददर ४३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ७२ पैसा, बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५९ रुपैयाँ ३९ पैसा तथा ओमनी रियालको खरिददर ३५० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९४ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर संशोधन गर्न सकिने जनाएको छ। यद्यपि, वाणिज्य बैंकहरूबाट निर्धारण गरिने दर खुला बजारमा फरक हुनसक्ने र सबै अद्यावधिक जानकारी नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने पनि स्पष्ट पारिएको छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२०७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend