बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

आज देशभर आंशिक बदली, पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

शुक्रबार, वैशाख १९ २०८२
आज देशभर आंशिक बदली, पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

हाल देशभर पश्चिमी वायु प्रणालीसँगै स्थानीय वायुप्रवाह सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं- हाल देशभर पश्चिमी वायु प्रणालीसँगै स्थानीय वायुप्रवाह सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेको हुँदा मौसममा प्रभाव देखिएको महाशाखाले स्पष्ट पारेको छ।

महाशाखाका अनुसार आज (बिहीबार) देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। विशेषगरी कोशी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा र बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा रातिको समयमा समेत एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुनसक्ने प्रक्षेपण गरिएको छ।

त्यस्तै, कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२०७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend